
काठमाडौं । सरकारलाई उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले स्वास्थ्य बिमाको प्रिमियम बढाउने सुझाव दिएको छ । हाल ३ हजार ५०० रुपैयाँ रहेको स्वास्थ्य बिमाको प्रिमियम बढाएर ५ हजार रुपैयाँ पुर्याउन सुझाव दिएको हो ।
शुक्रबार अर्थमन्त्री विष्णु पौडेललाई आयोगको अध्यक्ष पुर्व अर्थसचिव रामेश्वर खनालले प्रतिवेदन बुझाउँदै स्वास्थ्य बिमाको हालसम्मको सिर्जित दायित्व भुक्तानी गर्ने र स्वास्थ्य बीमाको बढ्दो भार सम्बोधन गर्न स्वास्थ्यमा हानी गर्ने सुर्ती, चुरोट, मदिरामा स्वास्थ्य कर लगाएर बिमा कोषमा जम्मा गर्न सुझाव दिएको हो । साथै सोही प्रतिवेदन स्वास्थ्य बिमाको प्रिमियम बढाएर संकलित रकम उच्च प्रतिफल दिने गरी व्यवस्थापन गर्नुपर्ने सुझाव दिएको छ ।
मेडिकल शिक्षामा सरकारी कलेजहरूमा विद्यार्थी संख्याको ७५ प्रतिशतलाई पूर्ण छात्रवृति प्रदान विद्यमान व्यवस्थालाइ परिमार्जन गरी २५ प्रतिशतलाई पूर्ण छात्रवृति र अर्को २५ प्रतिशतलाई आशिक छात्रवृतिको व्यवस्था गर्न आयोगले सुझाव दिएको छ ।
आयोगले कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषबाट परिचालित वितीय साधनलाइ उच्च प्रतिफल दिने आयोजना लक्षित गरी लगानी गर्ने व्यवस्था गर्न प्रतिवेदनमा सुझाएको छ ।
प्रतिक्रिया