सुरेशको परिवारलाई ५ लाख र सविनको परिवारलाई ३ लाख दिने मीनबहादुरको घोषणा

1.8k
Shares

काठमाडौं । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले चैत १५ गतेको घटनामा मृत्यु भएका दुई जनाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

मंगलबार कोटेश्वरस्थित भाटभटेनीमा आयोजित कार्यक्रममा गुरुङले पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरे ।

उनले पत्रकार सुरेशको परिवारलाई ५ लाख र सविनको परिवारलाई ३ लाख दिने घोषणा गरे ।

राजावादी आन्दोलनका क्रममा भाटभटेनी लुटपाट रोक्न बहादुरी गरेको भन्दै गुरुङ दम्पत्तिले सुरक्षागार्ड दुलप्रसाद पराजुली लगायत ५ जनालाई नगद सम्मान गरे ।