पूर्वराजाको सुरक्षामा खटिएका सुरक्षाकर्मी २५ बाट कटौती गरी १५ जना कायम

12k
Shares

काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा परिचालन भएको सुरक्षाकर्मीको संख्या कटौती गरेको छ ।

सरकारले पूर्व राष्ट्रप्रमुखको हैसियतमा दिएको सबै सुविधा कटौती गर्ने तयारी गरिरहेको बेलामा पूर्वराजा शाहको सुरक्षाकर्मीको संख्या घटाएको हो । डिएपीको कमाण्डमा रहेका सशस्त्र प्रहरीको २५ जनामध्ये १० जना फिर्ता बोलाएर १५ जना कायम गरिएको छ ।

नारायणहिठी राजदरबारबाट हटेपछि पूर्व राजपरिबारलाई सरकारले आवाससहितको सुरक्षाकर्मीको सुविधा उपलब्ध गराएको छ । सरकारले पूर्व राजपरिबारका सबै सदस्यहरुको सुरक्षाको लागि सशस्त्र प्रहरीको १५५ जना सुरक्षाकर्मी खटाएको थियो । यसमध्ये पूर्वराजा शाहको सुरक्षाको लागि २५ जनाको छुट्टै टोली परिचालन गरिएको थियो ।

स्रोतका अनुसार परिबारका सदस्यहरुको लागि खटाइएको सुरक्षा टोली पनि फिर्ता बोलाइएको छ ।