प्रचण्डद्वारा एमाले र कांग्रेसलाई आग्रह : आत्मसमीक्षासहित सच्चिने संकल्प गरौं

1.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा बसेकाहरुलाई आफ्नो व्यवहारमा समीक्षा गर्न आग्रह गरेका छन् ।

प्रेस सेन्टर नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘शान्ति सम्झौताको जीवित हस्ताक्षरकर्ताको नाताले गणतन्त्रको हितप्रति गहिरो जिम्मेवारीबोधको साथ मैले भनेको छु, आउनुस् सबै बसेर आत्मसमीक्षा गरौं, संविधान कार्यान्वयनमा कहाँ त्रृटि भयो हेरौं र सच्चिने संकल्प गरौं । जनतातिर फर्किन तयार भए फेरि पनि सहकार्य हुनसक्छ ।’

गणतन्त्रवादी गणतन्त्रको विरोध जस्तो भयो भने गणतन्त्रवादीको एकता हुन कठिनाई हुने भन्दै उनले सरकारमा भएका कांग्रेस र एमाले गणतन्त्रवादी जस्तो नभएकाले गणतन्त्रवादीहरुको एकता हुने आधार नदेखिएको बताए ।

प्रचण्डले गणतन्त्रको मूल्य र मान्यतालाई आत्मसात गरेर हिजो गरिएको कमजोरी, भ्रष्टाचारी र दलालहरुको पक्षमा उभिने, बिचौलियाको इच्छाअनुसार चल्ने काम बन्द गरे गणतन्त्रवादीहरुको एकता सम्भव हुने बताए ।