कालिमाटी तरकारी थोक बजार : होली पर्वमा थोकमा प्याज ५८, खुद्रामा ११० रुपैयाँसम्म

175
Shares

काठमाडौं । होली(फागु पुर्णिमा) को दिन सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा बिहिबार सुखेको प्याज प्रतिकिलो ५८.३३ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

होलीमा प्याजको खपत अत्यधिक बढ्छ । प्रायःजसोको घरमा यो दिन होली पर्व मान्न मासु पाक्ने भएकाले देशभर नै प्याजको खपत अत्यधिक बढ्छ । अन्य दिनको तुलनामा होलीको दिन थोकमा प्याज केही सस्तो भएपनि खुद्रा बजारमा भने प्रतिकिलो ११० रुपैयाँसम्ममा बिक्री भएको छ ।

बिहिबार यो बजारमा ठूलो गोलभेडा २२.३३ रुपैयाँमा बिक्री भएको छ ।

यस्तै सानो गोलभेडा १८, रातो आलु ३२.६७, गाजर लोकल ३५, गाजर तराई २२.६७, बन्दा लोकल १०, बन्दा नरिवल १२.३३, स्थानीय काउली १७.६७, स्थानीय काउली ज्यापु १७.६७, सेतो मुला १२.३३, लाम्चो भान्टा ४५, डल्लो भान्टा ५५, मटरकोशा ४५, घिउ सिमी लोकल ३५, घिउ सिमी हाइब्रीड ३५, घिउ सिमी राजमा ८५ र टाटे सिमी ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै तिते करेला ११५, लौंका ४५, परवर लोकल १०५, परवर तराई १६५, घिरौला ६५, झिगुनी ७५, पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो १२.३३, हरियो फर्सी डल्लो १२.३३, भिण्डी १०५, बरेला ३५, पिडालु ९५, स्कुस ३५, रायो साग ३५, पालुङ्गो साग ५५, चमसुर साग ७५, तोरीको साग ३५, मेथीको साग ५५, प्याज हरियो २५, बकुला ४५, तरुल ८५, कन्ये च्याउ ११०, डल्ले च्याउ ३२६.६७, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली ३५, बन्दा रातो ४५, जिरीको साग ४५, सेलरी १२६.६७, पार्सले २७६.६७, अदुवा ९०, भेडे खुर्सानी ८५ र नेपाली लसुन २२५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा बिहिबारको तरकारीको थोक मूल्य

Skip This