
काठमाडौं । प्रतिनिधिसभाले आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेशलाई स्वीकृत गरेको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशलाई स्वीकृति दिन प्रस्ताव राखेका थिए ।
सांसद स्वर्णिम वाग्लेले उक्त अध्यादेश अस्वीकृत गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए। तर, सत्ता पक्षको बहुमतको कारण उक्त अध्यादेश अन्ततः प्रतिनिधिसभाबाट स्वीकृत भयो।
अर्थमन्त्री पौडेलका अनुसार, सरकारले ल्याएको अध्यादेश पास गर्ने क्षमता सरकारसँग थियो, र बहुमतले यसलाई स्वीकृति दिएको हो ।
प्रतिक्रिया