आज बुधबार: मिथुनले सेयर बजारमा जोखिम लिनु राम्रो, मिनलाई अवसरको ढोका खुल्ने

119
Shares

काठमाडौं । आज विक्रम संवत् २०८१ साल फागुन २१ गते बुधबार । अङ्ग्रेजी क्यालेण्डरअनुसार इस्वि संवत् सन् २०२५ मार्च ५ तारिख । शक संवत् १९४६ । नेपाल संवत् ११४५ चिल्लाथ्व ।

कालयुक्त नाम संवतसर । सूर्य उत्तरायण । शिशिर ॠतु । फाल्गुण शुक्लपक्ष आज षष्ठी तिथि साझ ०५ :३९ बजेसम्म, त्यसपछी सप्तमी तिथि रहेको छ।

भरणी नक्षत्र बिहान ०७:१६ बजेसम्म, त्यसपछी कृत्तिक रहने छ भोलि बिहान ०८:१६बजेसम्म, त्यसपछी रोहिणी नक्षत्र रहने छ्न । योग आज ऐन्द्र रहेको छ बिहान ०६:३७ बजेसम्म, त्यसपछी वैधृति ०३:३७ बजेसम्म, त्यसपछी विष्कम्भ।

करण आज कौलव रहेको छ बिहान ०६:४७ बजेसम्म, त्यसपछी गर साझ ५:३९ बजेसम्म, त्यसपछी वव बिहान ०४:२३ बजेसम्म, त्यसपछी वणिज ।

चन्द्रमा आज मेष राशिमा रहेका छन भने आनन्दादि योग आज काण रहेको छ। सूर्योदय बिहान ६:२६ हुनेछ भने सूर्यास्त साँझ ०६:०६ हुनेछ ।

मेष

आजको दिन तपाईंका लागि मानसिक स्पष्टता र ऊर्जा बोकेर आउनेछ । तपाईंको परिश्रम र ध्यानले तपाईंलाई सबै चुनौती पार गर्न मद्दत गर्नेछ। आर्थिक क्षेत्रमा भने केही कठिनाइ आउन सक्छ। तर लगानीका निर्णयहरू सही दिशामा अघि बढ्नेछन्। कृषि, सूचना प्रविधि र सेवासम्बन्धी क्षेत्रमा लगानी लाभकारी हुनेछ। तर मुलुक बाहिरको व्यापार र वित्तीय लेनदेनमा जोखिम हुन सक्छ। शेयर बजारमा नवीकरणीय ऊर्जा, सूचना प्रविधि र खाद्य उद्योगमा लगानी गर्दा फाइदा हुनेछ।जबकि भारी उद्योग र धातु क्षेत्रमा गरेको लगानिले भने उचित प्रतिफल दिने छैन । जीवनसाथि बाट पुर्णरुपले सहयोग पाउनु हुनेनै छ। स्वास्थ्यतर्फ थकान, शारीरिक अस्वस्थता र मांसपेशीको तनाव देखिन सक्छ। यी समस्याबाट छुटकारा पाउन “ॐ रां राहवे नमः” मन्त्रको १०८ जप गर्नु फाइदा हुनेछ। आज शुभ दिशा उत्तर रहदा अशुभ दिशा दक्षिण रहेको छ। हरियो र सुन्तला रङको पहिरन ले शुभ हुनेछ, जबकि नीलो र काला रङबाट टाढा रहनु राम्रो हुनेछ। आज शुभ अंक ३ र ८ रहेको छ भने , अशुभ अङ्क १ र ६ बाट बच्नुपर्छ। आजको दिन नयाँ योजना र सोचका लागि उपयुक्त छ। कुनै पनि निर्णय गर्दा सोचविचार गर्न महत्त्वपूर्ण छ, आत्मविश्वासका साथ अघि बढ्नुहोस् र सफलता प्राप्त गर्नुहुनेछ।

वृष
आजको दिन तपाईंको स्थिरता र परिश्रमले सबैलाई चकित पार्नेछ । आर्थिक क्षेत्रमा भने केही कठिनाइ आउन सक्छ। कृषि, सूचना प्रविधि र होटलसेवासम्बन्धी क्षेत्रमा लगानी लाभकारी हुनेदेखिन्छ । तर समुन्द्रपारको व्यापार र वित्तीय लेनदेनमा जोखिम भने हुन सक्छ धेरै उत्साहित नहुनुनै राम्रो छ । शेयर बजारमा नवीकरणीय ऊर्जा, सूचना प्रविधि र मनोरञ्जन क्षेत्रमा लाभ देखिन्छ ।, तर भारी उद्योग र धातु क्षेत्रमा लगानी गर्दा प्रतिफल नपाइने सम्भावना छ। पारिवारिक जीवनमा सन्तुलन राख्न महत्त्वपूर्ण हुनेछ। साथी र परिवारसँग सानो मनमुटाव हुन सक्छ, तर तपाईंको समझदारी र धैर्यले यो समस्यालाई सजिलै समाधान गर्न सकिन्छ। बिपरित लिङ्गी सकर्मीसगको सकार्य ले पारिवारिक जीवन धरापमा पनि पर्न सक्छ ध्यान राख्न जरुरी छ। स्वास्थ्यतर्फ थकान, शारीरिक अस्वस्थता र मांसपेशीको तनाव देखिन सक्छ। यी समस्याबाट छुटकारा पाउन “ॐ शुं शुक्राय नमः” मन्त्रको १०८ जप गर्नु लाभकारी हुनेछ। शुभ दिशा: उत्तर, अशुभ दिशा: दक्षिण रहेको छ। शुभ रङ: हरियो र सुन्तला,रहदा अशुभ रङ: नीलो र कालो रहेको छ । शुभ अंक: ३ र ८, अशुभ अंक: १ र ६ रहेका छ्न । आजको दिन नयाँ योजना र सोचका लागि उपयुक्त छ। कुनै पनि निर्णय सोचविचार गरेर गर्नुहोस् र आत्मविश्वासका साथ अघि बढ्नुहोस्, सफलता प्राप्त गर्नुहुनेछ।

मिथुन
आजको दिन तपाईं को शुभ रहेको छ । तपाईंको सोच र प्रतिक्रिया तीव्र हुनेछ, जसले सबै कार्यमा दक्षता ल्याउनेछ। आर्थिक क्षेत्रमा केही अनपेक्षित लाभ हुन सक्छ। तर लगानी गर्दा विशेष ध्यान दिनुहोस्। बौद्धिक सम्पत्ति, शिक्षा, र सञ्चारसँग सम्बन्धित क्षेत्रमा लगानी गर्न लाभकारी हुनेछ। तर, रियल स्टेट र बैंकिङमा लगानी गर्दा जोखिम लिनु राम्रो हुँदैन। शेयर बजारमा सूचना प्रविधि र नयाँ प्रवृत्तिमा आधारित उद्योगमा लगानी गर्दा फाइदा मिल्नेछ, जबकि भारी उद्योग र निर्माण क्षेत्रमा लगानी गर्दा केही चुनौती हुन सक्छ। पारिवारिक जीवन सन्तुलनमा राख्नु महत्त्वपूर्ण हुनेछ। सानो विवाद वा भिन्न विचारधाराबाट उत्पन्न भएको तनावलाई हल्का र समझदारीपूर्ण तरिकाले समाधान गर्न सक्नुहुनेछ। जीवनसाथीबाट आवश्यक सहयोग प्राप्त हुनेछ। स्वास्थ्यतर्फ मानसिक तनाव र शारीरिक अस्वस्थतामा वृद्धि हुन सक्छ। योग र ध्यानले तपाईंलाई शान्त र स्वस्थ राख्न मद्दत पुर्याउनेछ। “ॐ बुधाय नमः” मन्त्रको जप गर्नु भयो भने स्वास्थ्यको लागि लाभकारी हुनेछ। शुभ दिशा: पूर्वरहेको छ भने अशुभ दिशा: पश्चिम रहेको छ । शुभ रङ: नीलो र हरियो रहेको छ भने , अशुभ रङ: कालो र सेतो रहेको छ। शुभ अंक: ५ र ७ रहदा अशुभ अंक: १ र ९ रहेका छन । आजको दिन नयाँ योजनामा काम गर्न उपयुक्त छ। आत्मविश्वास र सोचविचारका साथ अघि बढ्नुहोस्, सफलता प्राप्त गर्नुहुनेछ।

कर्कट
आजको दिन तपाईंलाई मानसिक सन्तुलन र भावनात्मक शक्ति प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा सामान्य स्थिति रहनेछ,। तर ठूलो लगानी गर्दा भने विशेष विचार गर्नुहोस्। नयाँ सम्झौता हुन सक्ने योग रहेको छ । व्यापार, विज्ञापन, र सृजनात्मक क्षेत्रहरूमा लगानी गर्दा फाइदा हुनेछ। तर, जग्गा जमिन, सुन, चादी, उर्जा र बैंकिङ क्षेत्रमा लगानी गर्दा सोचविचार गरेर अघि बढ्नुहोस्। शेयर बजारमा खाद्य उद्योग, प्रविधि र स्वास्थ्य क्षेत्रमा लगानी लाभकारी हुनेछ, शिक्षा , समुन्द्रपार , बैदेशिक रोजगार क्षेत्रमा भने सोचेअनुरुप फाइदा नहुन सक्छ। पारिवारिक जीवनमा सन्तुलन र शान्ति कायम राख्न महत्त्वपूर्ण हुनेछ। साथी र परिवारसँग सहकार्य गर्न कठिनाइ हुन सक्छ। जीवनसाथीबाट सहयोग र समर्थन प्राप्त हुनेछैन। स्वास्थ्यतर्फ मानसिक तनाव र थकान बढ्न सक्छ। शारीरिक अस्वस्थतामा टाउको दुख्ने र मुख संबन्धी समस्या आउने देखिन्छ। ध्यान र विश्रामले तपाईंलाई शारीरिक र मानसिक शान्ति दिनेछ। “ॐ चं चन्द्रमसे नमः” मन्त्रको जप गर्दा स्वास्थ्यमा सुधार हुनेछ। शुभ दिशा: उत्तरपश्चिम रहेको छ भने अशुभ दिशा: दक्षिण रहेको छ। शुभ रङ: सेतो र नीलो रहदा भने अशुभ रङ: सेतो र कालो रहेका छ्न ।शुभ अंक: २ र ७ रहेका छ्न भने अशुभ अंक: ४ र ९ रहेका छ्न।आजको दिन नयाँ सोच र योजना बनाउने समय हो। निर्णय गर्दा विचारशील र संयमित हुनुहोस्, सफलता तपाईंको साथ हुनेछ।

सिंह
आजको दिन तपाईंको आत्मविश्वास र ऊर्जा उच्च स्तरमा रहनेछ। तपाईंका उद्देश्यप्रति दृढताका साथ अघि बढ्दा सफलता तपाईंको हातमा हुनेछ। आर्थिक क्षेत्रमा सामान्य लाभ हुने अपेक्षा छ, तर लगानीका निर्णयहरू ध्यानपूर्वक गर्नुपर्नेछ। कृषि, प्रविधि र सूचना क्षेत्रमा लगानी गर्दा फाइदा हुने सम्भावना छ, जबकि बैंकिङ र रियल स्टेट क्षेत्रमा लगानी गर्दा सोचविचार गरेर अघि बढ्नु आवश्यक छ। शेयर बजारमा नवीकरणीय ऊर्जा, सूचना प्रविधि र स्वास्थ्य क्षेत्रमा लगानी लाभकारी हुनेछ, जबकि भारी उद्योग र धातु क्षेत्रमा जोखिम लिनु ठीक नहुन सक्छ। पारिवारिक जीवनमा सन्तुलन राख्न महत्त्वपूर्ण हुनेछ। जीवनसाथी र साथीहरूको समर्थन प्राप्त हुनेछ, तर सानो मनमुटाव वा असहमतिहरूले तनाव ल्याउन सक्छ। यी समस्याहरूलाई समझदारी र धैर्यका साथ समाधान गर्न सक्नुहुनेछ। स्वास्थ्यतर्फ मानसिक तनाव र थकानको समस्या बढ्न सक्छ। शरीरमा कमजोरी र मांसपेशीमा तनाव देखिन सक्छ। “ॐ घृणी सूर्याय नमः” मन्त्रको जप गर्दा स्वास्थ्यमा सुधार हुनेछ। शुभ दिशा: उत्तर, अशुभ दिशा: पश्चिम। शुभ रङ: सुन्तला र सुनौलो, रहदा अशुभ रङ: काला र सेतो रहेकाछ्न । शुभ अंक: १ र ५, रहेका छन भने अशुभ अंक: ३ र ८ रहेकाछ्न आजको दिन नयाँ योजना र निर्णयका लागि उपयुक्त छ। सोचविचार गरेर अघि बढ्नुहोस् र आत्मविश्वासका साथ सफलता प्राप्त गर्नुहुनेछ।

कन्या
आजको दिन तपाईंले कार्यक्षेत्रमा नयाँ अवसर र चुनौतीहरूको सामना गर्नु पर्ने हुन सक्छ। तपाईंको मेहनत र प्रयासले लक्ष्य प्राप्तिमा सहारा पुर्याउनेछ। आर्थिक क्षेत्रमा सामान्य स्थिति रहनेछ, तर लगानी गर्ने बित्तिकै सोचविचार गर्नुहोस् । नयाँ सम्झौता को लागि तयारी रहनुहोस ।सुचना तथा प्राविधिक क्षेत्रमा लगानी गर्दा लाभ हुने सम्भावना छ। बैंकिङ र वित्तीय लेनदेनमा भने सतर्कता अपनाउनुहोस्। शेयर बजारमा खाद्य उद्योग , होटल , होम स्टे ,मा लगानी गर्दा फाइदा हुन सक्छ, जबकि भारी उद्योग र धातु क्षेत्रमा भने जोखिम बढ्न सक्छ। पारिवारिक जीवनमा सम्झदारी र सहयोग रहनेछ, तर सानो मतभेदले तनाव ल्याउन सक्छ। जीवनसाथीबाट स्नेह र सहयोग प्राप्त हुनेछ। स्वास्थ्यतर्फ छालामा एलर्जी, दाग, चिल चिलाउने समस्याहरू देखा पर्न सक्छ। यस्ता समस्याबाट बच्न “ॐ बुधाय नमः” मन्त्रको जप लाभदायक हुनेछ। ध्यान र विश्रामले शारीरिक र मानसिक शान्ति प्रदान गर्नेछ। शुभ दिशा: दक्षिण, अशुभ दिशा: उत्तर रहेको छ भने शुभ रङ: हरियो अशुभ रङ: कालो र सेतो रहेकाछ्न । शुभ अंक: ५ र ८ रहदा अशुभ अंक: २ र ७ रहेका छ्न आजको दिन सोचविचार गरेर नयाँ योजना र निर्णय लिनुहोस्। आत्मविश्वासका साथ अघि बढ्नुहोस् र सफलता प्राप्त गर्नुहुनेछ।

तुला
आजको दिन तपाईंको मेहनत र समर्पणले नयाँ अवसरहरू जन्माउनेछन्। कार्यक्षेत्रमा सफलता प्राप्तिका लागि प्रयास गर्न महत्त्वपूर्ण हुनेछ। आर्थिक स्थितिमा केही उतारचढाव देखिन सक्छ, तर विचारपूर्वक लगानी गर्दा लाभ मिल्न सक्छ। व्यापार, कृषि, र सेवा क्षेत्रहरूमा लगानी गर्दा फाइदा हुने सम्भावना छ। शेयर बजारमा नवीकरणीय ऊर्जा, सूचना प्रविधि र खाद्य उद्योगमा लगानी गर्दा राम्रो परिणाम मिल्न सक्छ, जबकि भारी उद्योग र रियल स्टेटमा जोखिम बढ्न सक्छ। पारिवारिक जीवनमा समझदारी र सहयोग रहनेछ। जीवनसाथी र साथीहरूको समर्थन पाउँदा मानसिक शान्ति मिल्नेछ। स्वास्थ्यतर्फ पेट र पाचनतन्त्रसँग सम्बन्धित समस्याहरू देखा पर्न सक्छन्। पेटमा असहजता, ग्यास, एसिडिटी र पाचन समस्याहरूको सामना गर्न सकिन्छ। यस्ता समस्याहरूलाई सुधार गर्न “ॐ शुक्राय नमः” मन्त्रको जप लाभदायक हुनेछ। शुभ दिशा: पश्चिम, अशुभ दिशा: दक्षिण। शुभ रङ: गुलाबी र सेतो, अशुभ रङ: कालो र नीलो। शुभ अंक: ६ र ९, अशुभ अंक: १ र ४। आजको दिन विचार गरेर नयाँ निर्णय लिनुहोस् र आत्मविश्वासका साथ अघि बढ्नुहोस्। सफलता तपाईंको साथ रहनेछ।

वृश्चिक
आजको दिन तपाईंका लागि मानसिक स्पष्टता र कार्यक्षेत्रमा नयाँ अवसर ल्याउनेछ। तपाईंको आत्मविश्वास र कठिनाइहरूसँग सामना गर्ने क्षमता उच्च रहनेछ। आर्थिक क्षेत्रमा सामान्य स्थितिको अनुमान छ, तर ध्यान र सोचविचार गरेर लगानी गर्नुहोस्। कृषि, स्वास्थ्य सेवामा लगानी गर्दा लाभ मिल्न सक्छ, जबकि रियल स्टेट र बैंकिङ क्षेत्रमा केही जोखिम हुन सक्छ। शेयर बजारमा स्वास्थ्य र औद्योगिक क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल प्राप्त हुने सम्भावना छ, तर भारी उद्योग र धातु क्षेत्रहरूमा जोखिम बढ्न सक्छ। पारिवारिक जीवनमा सँगै समय बिताउन महत्त्वपूर्ण हुनेछ। जीवनसाथी र परिवारसँगको सम्बन्धमा स्नेह र समझदारी बढाउने समय हो। स्वास्थ्यतर्फ, नाक, कान, घाँटीका समस्याहरू देखा पर्न सक्छन्। यसबाहेक, चिलवाको समस्या वा घाउका कारण असुविधा अनुभव हुन सक्छ। यस्ता समस्याबाट बच्न “ॐ भौं भौमाय नमः” मन्त्रको जप लाभदायक हुनेछ। शुभ दिशा: दक्षिण-पश्चिम, अशुभ दिशा: उत्तर। शुभ रङ: रातो र पहेलो रहेका च्गन भने। अशुभ रङ: सेतो र नीलो रहेका छन शुभ अंक:२ र ७, रहदा अशुभ अंक: ५ र ९रहेका छ्न आजको दिन सोचविचार गरेर निर्णय लिनुहोस् र आत्मविश्वासका साथ अघि बढ्नुहोस्। सफलता तपाईंको साथ रहनेछ।

धनु

आजको दिन भावनात्मक रूपमा केही उतार-चढावयुक्त हुन सक्छ, तर धैर्य र विवेकले सही निर्णय लिन सक्नुहुन्छ । आर्थिक पक्ष सुधारोन्मुख रहनेछ, तर अनावश्यक खर्च बढ्न सक्छ। खाद्य उद्योग, घरपरिवारसँग सम्बन्धित व्यवसाय, जलस्रोत, पर्यटन तथा शिक्षाक्षेत्रमा लगानी फाइदाजनक देखिन्छ, तर ठूलो पूँजी लगानी, शेयर बजार तथा जोखिमपूर्ण व्यवसायमा सजग रहनुहोस्। विशेष गरी बैंकिङ, बीमा तथा धातु उद्योगका शेयर खरिद नगर्नु राम्रो हुनेछ।

पारिवारिक जीवन सामान्य रहनेछ, तर आमासँग असमझदारी हुनसक्छ, भावनात्मक रूपमा सन्तुलन राख्नुहोस्। स्वास्थ्यतर्फ छाती, पाचनप्रणाली तथा मानसिक तनावको समस्या देखिन सक्छ। समाधानका लागि “ॐ बृं बृहस्पतय नमः” मन्त्रको जप गर्नु लाभदायक हुनेछ।

आजको शुभ दिशा उत्तर हुनेछ, त्यहाँ यात्रा गर्दा सफलता मिल्नेछ। दक्षिण दिशामा यात्रा नगर्नुहोस्। सेतो वा हल्का नीलो रङ प्रयोग गर्दा भाग्य बढ्नेछ, तर गाढा रातो वा कालो रङ टार्नु उचित हुनेछ। शुभ अंक २, ७ सफलता दिलाउनेछ, तर ३ र ९ नम्बरले असहजता ल्याउन सक्छ।

आज पारिवारिक विषयमा केन्द्रित हुने, व्यक्तिगत भावनालाई नियन्त्रण गर्ने तथा धैर्यपूर्वक निर्णय लिने दिन हो। सही समयमा सही निर्णय लिन सक्नुहुन्छ भने दिन सफल हुनेछ। भावनामा बग्नुभन्दा व्यावहारिक निर्णय गर्नुहोस्, सफलता तपाईंको पक्षमा रहनेछ।

मकर
आजको दिन तपाईंको परिश्रम र योजनाले सफलताको ढोका खोल्नेछ। कार्यक्षेत्रमा नयाँ अवसरहरूको सामना गर्न सकिन्छ, र तपाईंको निर्णय क्षमता र कडा मेहनतले समस्याहरूको समाधान गर्नेछ। आर्थिक पक्षमा सुधारको संकेत छ, तर लगानी गर्नुअघि विचारशील हुनुहोस्। व्यापार र कृषि क्षेत्रमा लगानी गर्दा राम्रो फाइदा हुने सम्भावना छ, जबकि रियल स्टेट र बैंकिङ क्षेत्रमा जोखिम बढ्न सक्छ। शेयर बजारमा खाद्य उद्योग र सूचना प्रविधिमा लगानी गर्दा लाभ मिल्न सक्छ। होटल तथा पर्यटन क्षेत्रमा जोखिम नलिनुनै उत्तम हुनेछ। पारिवारिक जीवनमा सन्तुलन र समझदारी रहनेछ। स्वास्थ्यतर्फ, गुप्त रोगहरूको जोखिम बढ्न सक्छ, जस्तै शरीरको तापक्रम अनियन्त्रित हुनु, हड्डी र जोर्नीमा दुखाइ, वा मानसिक तनावका कारण गहिरो थकान महसुस हुनसक्छ। यसका साथै पाचन समस्या र जिउमा कमजोरी पनि देखिन सक्छ। यस्ता समस्याबाट बच्न “ॐ शं शनिश्चराय नमः” मन्त्रको जप लाभदायक हुनेछ। शुभ दिशा: उत्तर रहदा अशुभ दिशा: दक्षिण रहेको छ।शुभ रङ: नीलो र पहेँलो, अशुभ रङ: हरियो र सेतो रहेकाछ्न । शुभ अंक: १ र ८ रहदा , अशुभ अंक: ५ र ७ रहेका छ्नआजको दिन सोचविचार गरेर निर्णय लिनुहोस् र आत्मविश्वासका साथ अघि बढ्नुहोस्। सफलता तपाईंको साथ रहनेछ।

कुम्भ
आजको दिन तपाईंको प्रयास र लगनशिलताले सफलता ल्याउनेछ। कार्यक्षेत्रमा नयाँ अवसर र चुनौतीहरूको सामना गर्नु पर्नेछ। तपाईंको सृजनात्मकता र टीमवर्कले समस्याहरूको समाधान गर्न मद्दत पुर्याउनेछ। आर्थिक पक्षमा सुधारको संकेत छ, तर लगानी गर्नुअघि ध्यानपूर्वक विचार गर्नु आवश्यक छ। होटल र पर्यटन क्षेत्रहरूमा लगानी गर्दा लाभ मिल्ने सम्भावना छ, ।जबकि शिक्षा र बैदेशिक रोजगार क्षेत्रमा केही जोखिम हुन सक्छ। शेयर बजारमा नवीकरणीय ऊर्जा, प्रविधि र खाद्य उद्योगमा लगानी गर्दा राम्रो प्रतिफल प्राप्त हुने सम्भावना छ। पारिवारिक जीवनमा प्रेम र समझदारी बढ्नेछ। जीवनसाथी र साथीहरूको साथमा समय बिताउन महत्त्वपूर्ण हुनेछ। स्वास्थ्यतर्फ, गुप्त रोग ले मानसिक तनाव दिनेछ अनिद्रा, र पाचन समस्याहरू पनि जोडिन सक्छ्न । यस्ता समस्याबाट बच्न “ॐ शं शनैश्चराय नमः” मन्त्रको जप लाभदायक हुनेछ। शुभ दिशा: उत्तर रहदा , अशुभ दिशा भने : दक्षिण रहेको छ। शुभ रङ: कालो र सुन्तला, रहेको छ भने अशुभ रङ: नीलो रहेको छ। शुभ अंक: २ र ७ रहेका छ्न भने।अशुभ अंक: ३ र ५ रहेका छ्न। आजको दिन सोचविचार गरेर निर्णय लिनुहोस् र आत्मविश्वासका साथ अघि बढ्नुहोस्। सफलता तपाईंको साथ रहनेछ।

मीन
आजको दिन तपाईंका लागि नयाँ अवसर र चुनौतीहरू ल्याउनेछ। कार्यक्षेत्रमा तपाईंको मेहनत र ध्यानले राम्रो परिणाम दिनेछ। आर्थिक दृष्टिकोणमा, केही जोखिमपूर्ण निर्णयहरूमा सोचविचार गर्नु आवश्यक छ। पर्यटन कार्को कुरियर अतिथी सेवा क्षेत्रहरूमा लगानी गर्दा राम्रो फाइदा मिल्ने सम्भावना छ, जबकि घरजग्गा, रुद्राक्ष ,रत्न, खनिज क्षेत्रमा केही जोखिम देखिन्छ। शेयर बजारमा स्वास्थ्य, नवीकरणीय ऊर्जा, हरित उर्जा ,सौर्य उर्जा , खाद्य उत्पादन क्षेत्रमा लगानी गर्दा लाभ प्राप्त हुने संभावना छ। पारिवारिक जीवनमा शान्ति र प्रेम रहनेछ। जीवनसाथी र परिवारसँगको सम्बन्धमा बलियो सँगत र समझदारी बढ्नेछ। स्वास्थ्यतर्फ, जस्तै मानसिक तनाव, पाचन समस्याहरू, दांत मुख तथा हाड जोर्नीको दुखाइ हुन सक्छ । यसका अतिरिक्त, छाला र रक्त प्रवाहसम्बन्धी समस्या देखिन सक्छ। यस्ता समस्याबाट बच्न “ॐ श्री शुक्राय नमः” मन्त्रको जप लाभदायक हुनेछ। शुभ दिशा: पूर्व रहदा अशुभ दिशा: पश्चिम रहेको छ।शुभ रङ: सेतो र नीलो, रहेको छ भने अशुभ रङ: कालो र हरियो रहेको छ ।शुभ अंक: ४ र ९, अशुभ अंक: २ र ७ रहेको छ। आजको दिन सोचविचार गरेर निर्णय लिनुहोस् र आत्मविश्वासका साथ अघि बढ्नुहोस्।

कार्यक्रममार्फत आजका ग्रहहरूको प्रभाव र तिनका समाधानका उपाय तपाईंलाई उपयोगी र प्रेरणादायक भएका छन् भन्ने आशा राख्दछु। हरेक निर्णय सोचविचार गरेर लिनुहोस् र जीवनका प्रत्येक पथमा सकारात्मक सोच राख्नुहोस्। तपाईंकोहरुको उत्तम भविष्यका लागि हामी सधैं यहाँ उपस्थित हुनेछौं । तबसम्म, सुरक्षित रहनुहोस्, क्लिक्माण्डु डट कम हेर्दै गर्नुस लाइक कमेण्ट र सस्क्राइब गर्नुस तपाईं हरुको आशीर्वाद र हौसलाले हामिलाइ अगाडि बड्न मद्दत पुग्ने छ ।आफ्नो र आफ्नो परिवारको स्वास्थ्यको ख्याल राख्नुहोस्। धन्यवाद।” शुभदिन जय होस नमस्कार ।