
एजेन्सी । संयुक्त राष्ट्र संघमा रसिया युक्रेन युद्धको मामिलामा अमेरीका र रसिया एक ठाउँमा उभिएका छन् । नेपालले भने युक्रेनको पक्षमा मतदान गरेको छ ।
संयुक्त राष्ट्रसंघमा २ वटा प्रस्तावमा मतदान भएको थियो । युरोपियनहरुले युक्रेनमा रसियाले गरेको हमलाको निन्दा गर्नुपर्ने प्रस्तावको पक्षमा नेपालले मतदान गरेको हो । तर, उक्त प्रस्तावमा अमेरीकाले भने विपक्षमा मतदान गरेको छ । अमेरीकाले विपक्षमा मतदान गरेपनि उक्त प्रस्ताव संयुक्त राष्ट्रसंघबाट पारित भएको छ ।
उक्त प्रस्तावको पक्षमा कुल ९३ देशले पक्षमा मतदान गर्दाअमेरीका रसिया सहितका १८ देशले विपक्षमा मदान गरेको हुन् । नेपालले युक्रेनको पक्षमा मतदान गर्दा भारत र चिन भने मतदानमा सहभागि नभएका हुन् ।
त्यसपछि, अमेरिकाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा रसिया युक्रेनको युद्ध अन्त्यको आह्वान प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा रसियाको कुनै आलोचना नगरेको भन्दै युरोपेली शक्ति राष्ट्र फ्रान्स र बेलायतले त्यसमा संशोधनको प्रयास गरेपनि अमेरीकी भिटो प्रयोगका कारण असफलल भएको बीबीसीले जनाएको छ ।
सुरक्षा परिसदमा उक्त प्रस्ताव पारित भएको छ । अमेरिकी उक्त प्रस्तावमा बेलायत र फ्रान्सले भने मतदानमा सहभागि नभई तथस्ट बसेका थिए ।
अमेरीकी प्रस्ताव संयुक्त राष्ट्रसंघका महासभाले पनि पारित गरेको छ । उक्त प्रस्तावमा युक्रेनका समर्जनको विषय समावेश भएपनि महासभाको मतदानमा भने अमेरीका तथस्ट बसेको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया