आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

1.8k
Shares

काठमाडौं। पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा मौसम सफा रहनेछ ।

तराई तथा पहाडी भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरे स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।