सुन भण्डारमा कुन मुलुक कति छन् धनी ?

665
Shares

काठमाडौं । सुन सौन्दर्भ प्रशाधनको अंग मात्रै होइन, अपेतु यो मुलुकको अर्थ व्यवस्था र वित्तीय स्थिरताको एउटा अहम अंश पनि हो । विश्व बजारमा सुनलाई मुद्रास्फीति विरुद्ध प्रयोग गरिने हतियारको रुपमा पनि लिने गरिन्छ ।

यसका साथै युद्ध र अन्य कुनै विपद् पर्दा आर्थिक समस्याबाट मुलुकलाई जोगाउन पनि यसको ठूलो भूमिका हुन्छ । यहि सुनमा कुन मुलुक कति धनी छ त ?

१. अमेरिका
अमेरिकासँग संसारकै सबैभन्दा ठूलो सुनको भण्डार छ । यसबाट अमेरिकाको आर्थिक सामर्थक कति छ भनेर सहजै अनुमान गर्न सकिन्छ । सुनलाई अमेरिको मुख्य मेरुदण्ड मानिन्छ ।

सुनको भण्डार : ८१३३.४६ टन
कूल मूल्य : ६.०९ बिलियन अमेरिकी डलर
कहाँ राखिएको छ : फोर्ट नाक्स र अन्य सरकारी सेफ

२. जर्मनी
द्वितीय विश्व युद्धपछि जर्मनी आर्थिक रुपमा निक्कै खराव अवस्थामा पुगेको थियो । यस्तो वेलामा उसले आफ्नो सुन भण्डारलाई योजनावद्ध रुपमा अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्यो । जसले गर्दा जर्मनी अहिले संसारभरमा एउटा समृद्धि मुलुक बन्न सफल भयो । जर्मनी सुनमा संसारको दोश्रो धनी मुलुक हो ।

सुनको भण्डार : ३३५१.५३ टन
कूल मूल्य : २.५१ बिलियन अमेरिकी डलर
कहाँ राखिएको छ : बुँडेस बैंक र केहि बाहिरी मुलुकको सेफमा

३. इटली
इटली सधै युरोपमै व्यापार गर्न केन्द्रित छ । सुन भण्डारका कारण इटलीको अर्थ व्यवस्था सधै स्थिर रहनुका साथै विकसितसमेत छ । इटलीको सुनको भण्डार खास गरी युरोपीयन सेन्ट्रल बैंकको नियन्त्रणमा छ ।

सुनको भण्डार : २४५१.८४ टन
कूल मूल्य : १.८२ बिलियन अमेरिकी डलर
कहाँ राखिएको छ : इटलीको बैंक अफ इटली

४. फ्रान्स

फ्रान्स पनि युरोपको एउटा मुख्य आर्थिक मुलुक हो । यो देश निरन्तर रुपमा आफ्नो सुन उच्चस्तरमा सुरक्षित राखेको छ ।

सुन भण्डार : २४३६.९७ टन
कूल मूल्य : १.८३ बिलियन अमेरिकी डलर
कहाँ राखिएको छ : बैंक अफ फ्रान्स

५. रुस
युक्रेनसँग युद्ध सुरु गरेपछि रुसले आफ्नो विदेशी मुद्रा भण्डारमा विविधता ल्याउनका लागि ठूलो परिमाणमा सुन खरिद गरेको छ । रुसको विदेशी मुद्रा भण्डारमा पहिले डलर र युरो पनि ठूलो परिमाणमा थियो । तर पछि अमेरिका र युरोपियन मुलुकले उक्त डलर र युरो जफ्त गरेको थियो । यसले गर्दा अहिले रुसको आर्थिक मेरुदण्ड नै सुन बनेको छ ।

सुनको भण्डार : २३३५.८५ टन
कूल मूल्य : १.८३ बिलियन अमेरिकी डलर
कहाँ राखिएको छ : रुसको केन्द्रिय बैंक

६. चीन

चीन अमेरिकापछि संसारको दोश्रो अर्थव्यवस्था राम्रो मुलुक हो । चीनले पछिल्लो केहि बर्षदेखि आफ्नो सुन भण्डारलाई बढाउँदै लगेको छ । यसले गर्दा चीनको मुद्रा बलियो भइरहने छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै चीनमाथि १० प्रतिशत ट्यारिफ लगाएको थिए । यहि कारणले चीनले सुनको भण्डार क्षमता बढाएर डलरमाथि रहेको आफ्नो परनिर्भरता घटाउन खोजेको छ ।

सुनको भण्डार : २२६४.३२ टन
कूल मूल्य : १.६९ बिलियन अमेरिकी डलर
कहाँ राखिएको छ : पीपुल्स बैंक अफ चाइना

७. जापान
जापान पनि विकसित अर्थतन्त्र मुलुकमध्ये एक हो । जापानसँग पनि सुनको ठूलो भण्डार छ । यसले गर्दा जापानको आर्थिक व्यवस्था स्थिर बनाउन सहयोग गरेको छ । बीबीसीको एक रिर्पोटअनुसार जापानमाथी ९.२ ट्रिलियन अमेरिकी डलरबराबरको विदेशी ऋण छ । यो ऋण जापानको जीडीपीभन्दा २६६ प्रतिशतभन्दा बढी छ ।

सुनको भण्डार : ८४५.९७ टन
कूल मूल्य : ६३३ मिलियन अमेरिकी डलर
कहाँ राखिएको छ : बैंक अफ जापान

८. भारत
भारत सुन भण्डारण गर्नमा बिश्वको आठौं मुलुकमा पर्छ । भारतमा सुनलाई वित्तीय सम्पतिबाहेक सांस्कृतिक र धार्मिक रुपमा हेर्ने गरिन्छ । भारतीय महिलाहरुसँग पनि सुनको ठूलो भण्डार छ । भारत पनि डलरको परनिर्भरता कम गर्न ठूलो परिमाणमा सुन खरिद गर्दैआएको छ ।

सुन भण्डार : ८४०.७६ टन
कूल मूल्य : ६३० मिलियन अमेरिकी डलर
कहाँ राखिएको छ : भारतीय रिजर्व बैंक

९. नेदरल्याण्ड

नेदरल्याण्डले पनि आर्थिक व्यवस्था बलियो बनाउन ठूलो परिमाणमा सुनको भण्डार बनाएर राखेको छ । जीडीपीको हिसावले यो मुलुक १८ औं र आर्थिक रुपमा ५ औं मुलुकमा नेदरल्याण्ड आउछ ।

सुन भण्डार : ६१२.४५ टन
कूल मूल्य : ४५८ मिलियन अमेरिकी डलर
कहाँ राखिएको छ : डच सेन्ट्रल बैंक

१०. टर्की

टर्कीले हालै आफ्नो सुनको भण्डारलाई तिव्र गतिमा अघि बढाएको छ । आफ्नो मुलुकमा आर्थिक अस्थिरता ल्याउन नदिन यो मुलुकले पनि ठूलो परिमाणमा सुन खरिद गर्न थालेको छ ।

सुनको भण्डार : ५८४.९३ टन
कूल मूल्य : ४३८ मिलियन अमेरिकी डलर
कहाँ राखिएको छ : टर्कीको केन्द्रिय बैंक

के सुनमा लगानी गर्न उत्तम मानिन्छ ?

महँगो नियन्त्रण गर्न सहयोग : मुद्रास्फीतिविरुद्ध प्रयोग गर्न यो सबैभन्दा ठूलो हथियार मानिन्छ । यसले गर्दा केन्द्रिय बैंकका साथ सर्वसाधारणले यसको खरिद गर्न ठूलो लगानी गर्छन ।

बजार संकटमा सहयोगी : सुनलाई सुरक्षित लगानी पनि मानिन्छ । यो पोर्टफोलियोमा विविद्यता लगाउन सहयोग गर्छ । उदाहरणको लागि शेयर मार्केट धरासायी हुने वेलामा सुन पोर्टफोलियोको रुपमा काम गर्छ । यसले गर्दा शेयर बजारलाई क्र्यास हुनबाट जोगाउँछ ।

स्रोत गोल्ड काउन्सिल

Skip This