अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो, के पेट्रोल र डिजल मूल्य घट्छ ?

910
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल) को मूल्य निक्कै घटेको छ । अन्तर्राष्ट्रिय बजारमा घट्दै गरेको इन्धनको मूल्यका कारण आर्थिक बजारलाई पनि उल्लेख्य सहयोग पुग्ने अर्थविद्हरुले औंल्याएका छन् ।

अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्प ईरान र रुसको तेल निर्यातमाथि विश्वबजारमा प्रतिवन्ध लगाएर आफ्नो मुलुकको इन्धनलाई बजारिकरण गर्ने नयाँ रणनीति लिएका कारण पछिल्लो समयमा मूल्य घट्दै गएको छ ।

पछिल्लो समयमा कच्चा तेलको मूल्य एक बर्षको अवधीमा सबैभन्दा तल झरेको छ । अहिले मूल्य घटेर प्रति व्यारेल ७३ अमेरिकन डलर कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आगमी ६ महिनासम्म प्रति व्यारेल ७५ देखि ८० डलरसम्म मात्रै रहने प्रक्षेपण गरिएको छ । यसको प्रत्यक्ष फायदा भारतलगायतका ठूला मुलुकलाई भएपनि नेपालजस्तो सानो मुलुकलाई खासै फायदा नहुने अवस्था छ ।

नेपालले भारतबाट प्रशोधन गर्रिएको इन्धन खरिद गर्दैआएको छ । भारतको इण्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपालको नेपाल आयल निगमलाई इन्धन बिक्री गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दो अवस्था भएपनि नेपालमा भने इन्धन पछिल्लो केही महिनादेखि निरन्तर रुपमा बढ्दो छ । जनवरीमा कच्चा तेलको मूल्य औषत ८०.२ डलर प्रति व्यारेल थियो ।

बुधवार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको थियो । त्यो दिन मूल्य घटेर ७२ डलर प्रति व्यारेल कायम भएको थियो । अमेरिकाले कच्चा तेलको उत्पादन बढाएर विश्वभरको बजारमा आफ्नो हिस्सा थप गर्न खोजेका कारण एक्कासी मूल्य घट्ने क्रममा पुगेको हो ।

अमेरिकाको इन्धन उत्पादनमा बृद्धि र चीन, मैक्सिको, क्यानाडासँग कारोबार गर्ने युद्धका कारण पनि मूल्यमा असर पुगेको अन्तर्राष्ट्रिय अर्थविद्हरुको भनाई छ ।

यस अघिसम्म पर्याप्त परिमाणमा रुसबाट इन्धन खरिद गर्दै आएको भारतले अहिले अमेरिकी प्रशासनको कारण रुसबाट खरिद गर्ने परिमाणमा कटौती गर्न थालेको छ ।

विश्लेषकहरुका अनुसार अमेरिकाबाट तेल उत्पादनमा बृद्धि, साउदी अरबले उत्पादनमा कटौती नगर्ने र रुसले पनि पर्याप्त परिमाणमा उत्पादन गरिराख्ने नीतिका कारण आगामी ६ महिनासम्म कच्चा तेलको मूल्य ७५ देखि ८० डलर प्रति व्यारेलसम्म कायम रहनेछ ।

सन् २०२४ को मार्चमा कच्चा तेलको मूल्य निक्कै माथि पुगेको थियो । त्यो वेला मूल्य बढेर ८९ डलर प्रति व्यारेलसम्म पुगेको थियो । अहिले घटेर ७३ डलर प्रति व्यारेल पुगेको छ ।

Skip This