काठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२/८३ को लागि संघीय समपूरक अनुदान तथा संघीय विशेष अनुदान कार्यक्रम सञ्चालनका लागि कार्यक्रम प्रस्ताव गर्न आह्वान गरेको छ ।
आयोगले बुधबार सूचना जारी गर्दै यस्तो प्रस्ताव आह्वान गरेको हो ।
आयोगले प्रस्ताव गर्दा समपूरक अनुदानसम्बन्धी कार्यविधि २०८१ र विशेष अनुदानसम्बन्धी कार्यविधि २०८१ अनुसार आयोजना वा कार्यक्रमको तोकिएको अनुसारको विवरणसहित आवश्यकता र औचित्य पुष्टि हुने गरी कार्यक्रम प्रस्ताव आह्वान गर्न भनेको छ ।
प्रस्ताव गर्न सकिने प्रमुख क्षेत्र, कार्यक्रम, आधार, बजेट सीमा तथा संख्या अनुसार कार्यक्रम प्रस्ताव गर्न पाउने व्यवस्था गरिएको छ ।
प्रदेशको हकमा सम्बन्धित प्रदेश नीति तथा योजना आयोगको प्राथमिकीकरणसहितको सिफारिशमा प्रदेश सरकार, मन्त्रिपरिषद्को निर्णय र स्थानीय तहको हकमा प्राथमिकीकरणसहित कार्यपालिकाको निर्णयसमेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
आगामी आर्थिक बर्षका लागि यसअघि संघीय समपूरक तथा विशेष अनुदान प्राप्त गरी कार्यान्वयनमा गएका र सम्पन्न हुन बाँकी रहेका क्रमागत आयोजनालाई पहिलो प्राथमिकतामा राखेर साविककै कार्यविधिको व्यवस्थाअनुसार कार्यक्रम प्रस्ताव गर्न भनिएको छ ।
प्रतिक्रिया