काठमाडौं । नेपालले सन् २०२४ मा दिगो विकास लक्ष्यमा ४१.७ प्रतिशत प्रगति हासिल गरेको छ ।
राष्ट्रिय योजना आयोगका अनुसार दिगो विकास लक्ष्य हासिलमा ग्लोबल एभरेज भन्दा नेपाल बढी रहेको छ । दिगो विकास लक्ष्यमा नेपाल दक्षिण एशियामै सबैभन्दा अगाडि रहेको आयोगले जनाएको छ ।
गत वर्ष नेपालले दिगो विकास लक्ष्यको तेस्रो स्वेच्छिक समीक्षा संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद्मा प्रस्तुत गरेको थियो ।
आयोगले दिगो विकास लक्ष्य कार्यान्वयनमा तीव्रता दिन मर्यादित श्रम र सामाजिक सुरक्षा, खाद्य प्रणाली रूपान्तरण, स्वस्थ्य एवम् शिक्षामा रुपान्तरण, जलवायु कार्य लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।
दिगो विकास लक्ष्य कार्यान्वयनमा क्षेत्रगत निकाय, प्रदेश र स्थानीय तह तथा विकास साझेदारसँग समन्वय गरिएको आयोगले जनाएको छ ।
दिगो विकास लक्ष्य कार्यान्वयनका लागि आवश्यक वित्त परिचालन चुनौतिपूर्ण रहेको आयोगको दाबी छ ।
दिगो विकास लक्ष्यलाई अझ प्रभावकारी बनाउन आवश्यकताको पहिचान, लागत अनुमान र वित्तीय रणनीति तर्जुमा गरेर स्वीकृतिको चरणमा रहेको आयोगले जनाएको छ ।
यस्तै सोह्रौं योजना कार्यान्वयनबाट दिगो विकास लक्ष्यको प्राप्ति र विकासशील राष्ट्रमा स्तरोन्नतिको दिगोपना सहयोग पुग्ने अपेक्षा रहेको जनाएको छ ।
प्रतिक्रिया