केसीको अध्यक्षतामा बौद्धिक सम्पति समाजको नयाँ नेतृत्व
काठमाडौं । बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको १२ औं वार्षिक साधारण सभाले बिसुकुमार केसीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा अम्बर थापा, महासचिवमा लक्ष्मण रिमाल र सचिबमा सरोज खनाल चयन भएका छन् । यस्तै कोषाध्यक्षमा शिव थापा तथा सदस्यहरुमा डा प्रतिभा पाण्डे, चुडामणि देवकोटा, लक्ष्मी सापकोटा, सज्जनवर सिंह थापा र मुकुन्द ढुंगाना चयन भएका छन् ।
वार्षिक साधारण सभाको अवसरमा उद्योग विभागको सहकार्यमा बौद्धिक सम्पत्ति सम्बन्धी विचार गोष्ठी पनि आयोजना भएको थियो । गोष्ठिमा पूर्व मन्त्री शंकरप्रसाद कोइराला, पूर्व सचिवहरू भानुप्रसाद आचार्य, भरतबहादुर थापा, कृष्ण ज्ञवाली, उद्योग बिभागका महानिर्देशक राजेश्वर ज्ञवालीलगायतले बौद्धिक सम्पत्तिका बारेमा आफ्नो धारणा राखेका थिए ।