त्रिभुवन विमानस्थलले पौने १३ अर्ब कमाउँदा, लामिडाँडाको ४७४ रुपैयाँ मात्र, कसको कति ? (सूचीसहित)
उड्डयन प्राधिकरणको वार्षिक आम्दानी १४ अर्ब ६५ करोड
काठमाडौं । विभिन्न विमानस्थलसहित ३८ निकायबाट नेपाल नागरिक उड्डयन प्राधिकरणले १४ अर्ब ६५ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको छ । हवाई क्षेत्रको विकास तथा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)को मात्रै आम्दानी पौने १३ अर्ब रुपैयाँ रहेको छ ।
टीआईएले पछिल्लो एक वर्षमा यात्रु सेवासहित एरोनटिकल र नन एरोनटिकल गरेर १२ अर्ब ८६ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको छ । सबैभन्दा बढी आम्दानी गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै आम्दानीले प्राधिकरण सञ्चालन हुने, कर्मचारी सेवा सुविधा र तलवभत्ता खाने र विकास निर्माणको काममा खर्च गर्ने गरेको छ ।
प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थपछि सबैभन्दा बढी आम्दानी गरिदिनेमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । यो विमानस्थलले पछिल्लो एक वर्षमा ३४ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ ।
पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसकेको भए पनि आन्तरिक उडानमा काठमाडौंपछि बढी व्यस्त हुने आन्तरिक विमानस्थल पोखरा भएकोले पनि यसको आम्दानी पनि त्रिभुवन विमानस्थलपछिको दोस्रो सूचीमा परेको उल्लेख छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको तथ्यांकअनुसार पोखरा विमानस्थलले सन् २०१४ को जनावरीदेखि डिसेम्बर सम्मको ११ महिनामा ९ लाख ३० हजार यात्रुलाई सेवा दिएको छ । पोखरा विमानस्थलको तथ्यांक अनुसार २२ हजार ३९२ उडानमार्फत ४ लाख ४८ हजार ५९६ यात्रु पोखरामा भित्रिएको र ४ लाख ८१ हजार ४६६ यात्रु यो विमानस्थलबाट बाहिरिएका छन् ।
प्राधिकरणका अनुसार भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले २१ करोड १३ लाख रुपैयाँ पछिल्लो एक वर्षमा कमाइदिएको छ । यो विमानस्थलमा पछिल्लो एक वर्षमा ५ लाख ५० हजार यात्रुलार्य सेवा दिएको छ । आन्तरिक उडानमा यात्रु सेवाका हिसावले विराटनगर विमानस्थल तेस्रो नम्बरमा आउँछ । यो विमानस्थलबाट पछिल्लो ११ महिनामा ६ लाख ११ हजार यात्रुले सेवा लिएका छन् ।
विमानस्थल अनुसारको आम्दानी विवरण