अफगानिस्तानमा आत्मघाती विस्फोट, मन्त्रीसहित ६ जना मारिए
एजेन्सी । अफगानिस्तानको काबुलमा आत्मघाती बम हमलामा परी तालिबान सरकारका एक मन्त्री मारिएका छन् । उनीसहित ६ जना विस्फोटमा मारिएका छन् ।
तालिबान सरकारका शरणार्थी मामिला हेर्ने शरणार्थीमन्त्री खालिल हक्कानी बुधबारको आत्मघाती आक्रमणमा मारिएका हुन् ।
अफगानिस्तानमा २०२१ मा तालिबान समूह सरकारमा आएपछि आत्मघाती आक्रमणमा उच्चपदस्थ व्यक्ति मारिएको यो पहिलो घटना हो ।
विस्फोटको क्रममा मन्त्री हक्कानी कार्यालय बाहिर जाँदै गरेका थिए । यस विस्फोटको जिम्मा भने हालसम्म कुनै पनि समूहले लिएको छैन । जवकि तालिबान सरकारले इस्लामिक इस्टेट हतियारधारी समूहलाई घटनाको आरोप लगाएको छ ।
अफगानिस्तानमा २० वर्ष लामो अमेरिकी शासनलाई हटाउँदै तालिबान समूह शक्तिमा आएको थियो । त्यसयता हकानी पनि शक्ति संघर्ष गर्ने प्रमुख नेतामध्ये एक थिए । उनी वर्तमान आन्तरिकमन्त्री सिराजुद्दीन हक्कानीका काका पनि हुन् ।