गढिमाई मेलामा मोवाइल फुड ल्याव परिचालन, १३८ नमूना परीक्षण



काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बारामा लागेको गढिमाई मेलामा मोवाइल फुड ल्याव भ्यान परिचालन गरी खाद्य पदार्थको परीक्षण गर्न सुरु गरेको छ ।

मोवाइल फुड ल्याव भ्यान सहित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साले संयुक्त रुपमा उक्त मेला बिक्री बितरण भइरहेको खाद्य तथा पेयजन्य पदार्थको परीक्षण गरेको हो ।

विभागका प्रवक्ता मोहन महर्जनका अनुसार खाद्य पदार्थमा अत्याधिक रंगको प्रयोग, उपभोग्य अवधि, खाद्य वस्तु तयार पार्न प्रयोग हुने खानेतेल, मसि लागेको कागजको प्रयोग, अखाद्य रंगको प्रयोगलगायतको बिषयमा परीक्षण गरिएको थियो ।

अनुमगनको क्रममा दूध, खुवा, प्रशोधित पिउने पानी, कटन क्याण्डी, लड्डू, जेरी, चप, पानी पुरी तथा तेलसहित गरी १३८ वटा नमूना संकलन गरी स्थलगत प्रयोगशालामा परीक्षण गरिएको थियो ।

परीक्षणको क्रममा कैफियत पाईएका तेल, रंगिन मिठाई र कटन क्याण्डी नष्ट गरी कारवाही गरिएको थियो ।


क्लिकमान्डु