एजेन्सी । भारतीय अर्बपति एवं विश्वका २२औं धनी उद्योगी गौतम अडानी अमेरिकाको न्युयोर्कस्थित न्याय विभागले सरकारी ऊर्जा आपूर्ति सुरक्षित गर्नका लागि भारतीय अधिकारीहरुलाई करोडौं डलर घुस दिने योजना बनाएको आरोपमा मुद्दा दायर दर्ता भएको छ ।
न्युयोर्कको न्याय विभागले अडानी र भारतीय ऊर्जा कम्पनीका अन्य अधिकारीहरुविरुद्ध सुरक्षा तथा तार धोखाधडी तथा षड्यन्त्रमा दोषी रहेको आरोप लगाएको छ ।
न्यूयोर्कमा उनीविरुद्ध बुधवार त्यससम्बन्धी आपराधिक मामिलामा अभियोगपत्रहरू दर्ता भएका छन् ।
अर्बौं डलर बराबरको ऊर्जा सुरक्षाका लागि अडानीले सरकारी अधिकारीहरुसँग मिलेमतोमा २५ करोड अमेरिकी डलर घुस दिने षड्यन्त्र गरेको र त्यसका लागि उनले ७५ करोड संकलन गरेको आरोप छ । अडानीविरुद्ध सेक्युरिटिज तथा एक्सचेन्ज कमिसनले मुद्दा दायर गरेको थियो । जहाँ अडानीले संघीय प्रतिभुति कानुनअन्तर्गत एन्टी फ्रड प्रावधानको उल्लंघन गरेको आरोप लगाइएको छ ।
अडानी र अन्य सरकारी अधिकारीहरुले अमेरिकी लगानीकर्ता र बैंकहरुलाई छलेर झुटो र भ्रामक विवरणका आधारमा अर्बौं डलर उठाएको पनि आरोप छ । उक्त षड्यन्त्रको क्रममा अडानीले ७५ करोड अमेरिकी डलर संकलन गरेका थिए । जसमा १७ करोड ५० लाख डलर अमेरिकी लगानीकर्ताहरुबाट संकलन भएको थियो ।
उनीविरुद्धको अभियोगमा अभियोजनकर्ताहरूले अडानी र अन्य वरिष्ठ कार्यकारीहरू २० वर्षमा २ अर्ब अमेरिकी डलर बराबरको नाफा कमाउने अपेक्षा गरिएको नवीकरणीय ऊर्जा कम्पनीको ठेक्का पाउनका लागि भारतीय अधिकारीहरूलाई घुस दिन सहमत भएको आरोप लगाएका छन्।
६९ अर्ब ८० करोड अमेरिकी डलरसहित भारतीय उद्योगी अडानी फोर्ब्सको विश्वभर २२औं धनी व्यक्तिको रुपमा सूचीकृत छन् । ७० अर्ब ८० करोड डलर सम्पत्ति भएका बेटेनकोर्ट मेयर्सपछि अडानी नाम धनी व्यक्तिहरुको सूचीमा छ । यस्तै उनी भारतका दोस्रो ठूलो सिमेन्ट उत्पादक पनि हुन् । जसले २०२२ मा ३८ अर्ब डलर आम्दानी गरेका थिए । जतिबेला उनीसँग २६ हजार कर्मचारी थिए ।
अडानी ग्रुपले भारतका व्यस्त समुद्री बन्दरगाहा र ८ वटा विमानस्थलसहित ३० लाख ग्राहकलाई प्रशारण लाइन वितरण गर्दैआएका छन् । तर अमेरिकी इन्भेस्टमेन्ट फर्म हिन्डेनबर्ग रिसर्चले अडानी ग्रुपले ठूलो मात्रामा धोखाधडी र सेयरमा हेरफेर गरेको खुलासा गरिदिएको थियो ।
यद्यपि अडानी ग्रुपले आफूमाथिको आरोप इन्कार गर्दै आएको छ । हिन्डनबर्गको खुलासासँगै अडानीको ६५ अर्ब डलर नोक्सान हुनुका साथै फोर्ब्सको धनी व्यक्तिहरुको सूचीमा एलन मस्कपछि दोस्रो दर्जामा रहेका अडानी छोटो अवधिमै २२ औं स्थानमा झरेका हुन् ।
प्रतिक्रिया