ज्वालामुखीले बालीको पर्यटन प्रभावित, अष्ट्रेलियाबाट बालीका सबै उडान रद्द
एजेन्सी । इन्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण आकाशमा बाक्लो धुवाँ फैलिँदा पर्यटकीय क्षेत्र बालीका लागि उडानहरु रद्द भएका छन् । विशेषगरी अष्ट्रेलियाबाट बालीका लागि तयारी भएका फ्लाइट रद्द गरिएको हो ।
ज्वालामुखी विस्फोटले गर्दा इन्डोनेसियाको आकासको १० किलोमिटरसम्म धुवाँ फैलिएको बताइएको छ । अष्ट्रेलियाबाट बुधबार इन्डोनेसियाको राजधानी देनपसार टापुमा जाने र आउने सबै उडान रद्द गरिएको हो ।
इन्डोनेसियाको माउन्ट लेओतोबी लाकी लाकीमा ज्वालामुखी विस्फोट हुँदा त्यहाँको वातावरण बिग्रिएको थियो । उक्त ज्वालामुखीले गर्दा इन्डोनेसियाको आकास उडानका लागि सुरक्षित नरहेको बताइएको छ ।
अष्ट्रेलिया बालीका लागि अन्तर्राष्ट्रिय पर्यटनको सबैभन्दा ठूलो स्रोत मानिन्छ । गत जुलाइमा ६ लाख २५ हजार ६६५ पर्यटकमध्ये एकचौथाइ पर्यटक अष्ट्रेलियाका नागरिकहरु थिए ।
तर ज्वालामुखीका कारण ११ हजार मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको थियो । यससँगै ज्वालामुखीले गर्दा पर्यटकीय क्षेत्र बालीको पर्यटन प्रभावित बनेको छ ।