धन्तेरसमा खरिद गर्ने गहनादेखि कुचोको के संकेत हुन्छ ?
काठमाडौं । हिन्दु पूर्वीय धार्मिक मान्यता अनुसार धन्तेरससँगै तिहारको सुरुवात हुन्छ । हिन्दु परम्परा अनुसार पाँच दिनसम्म मनाइने तिहारलाई विशष पर्वको रुपमा लिइन्छ । र यसको पहिलो दिन नै धन्तेरसबाट सुरु भएको मानिन्छ ।
यस दिन विशेषगरी धन दौलत तथा सम्पत्तिका भगवानको रुपमा चिनिने कुवेर, स्वास्थ्य र आयुर्वेदका भगवानको रुपमा चिनिने धनवान्तरी र देवी लक्ष्मीको विशेष पूजा आराधना गरिन्छ ।
लक्ष्मीलाई भने धन र समृद्धिको प्रतिकको रुपमा लिइन्छ । आम रुपमा हिन्दु समुदायमा यस दिनलाई सुन र चाँदी खरिद गर्ने दिनको रुपमा पनि लिने गरिन्छ । यससँगै मानिसहरुले धन, सुद्धता र भाग्योदयको प्रतीकको रुपमा भाँडाकुँडा र कुचो पनि खरिद गर्छन् ।
धनतेरस दीपावलीभन्दा पहिले नै सुरु हुन्छ । जसलाई जसलाई सामान्यतया नरका चतुर्दशी पनि भनिन्छ। कार्तिक कृष्ण पक्षको तेह्रौं दिनमा यो पर्छ ।
धन्तेरसमा के खरिद गरिन्छ ?
सामान्यतया तिहार मनाउने मानिसहरुले धन्तेरसमा पाँच वटा सामग्री खरिद गर्ने चलन छ । पहिले पहिले धन्तेरसलाई विशेष महत्त्व दिएर मनाउने चलन नभए पनि पछिल्लो समय नेपालमा पनि धन्तेरसलाई विशेष महत्त्व दिएर मनाउने गरिन्छ । सहर र गाउँहरुमा पनि मानिसहरु यस दिन कुनै न कुनै सामान खरिद गरेर आफ्नो भाग्योदय चम्काउने कुरामा आश्था राख्छन् ।
धातु तथा गहना
ज्योतिषहरुका अनुसार यस दिनमा धातु खरिद गर्नु उत्तम मानिन्छ । विशेषगरी पानी पिउने धातुका भाँडा यस दिन खरिद गर्नुलाई राम्रो मानिन्छ । साथै पित्तलको कचौरा, चम्चा जस्ता भाँडाकुँडा खरिद गर्दा पनि यसले भाग्योदय हुने धार्मिक विश्वास रहँदैआएको छ ।
भगवान गणेश र देवी लक्ष्मी
हिन्दुहरुका देवता गणेश र लक्ष्मीको मूर्ति पनि यस दिन खरिद गरेर घरमा सजाउने चलन छ । र धन्तेरसकै दिन खरिद गरिएका गणेश र लक्ष्मीका मूर्तिलाई दीपावलीमा पूजा गरिन्छ । जसले अध्यात्मिक आनन्दसँगै आर्थिक उन्नति मिल्ने हिन्दु धार्मिक विश्वास रहँदै आएको छ ।
कुवेर यान्त्र
कुवेर यान्त्र पनि धन्तेरसमा खरिद गर्ने महत्त्वपूर्ण सामग्री हो । जसलाई मानिसहरु खरिद गरेर घरभित्र रहेको मन्दिर वा पूजाकोठामा सजाएर राख्ने गर्छन् । जसले परिवारमा आर्थिक उन्नति तथा समृद्धि ल्याउने ज्योतिषहरुको मान्यता छ ।
कुचो
कुचो वा झाडु आम नेपालीहरुको घरघरमा दैनिक रुपमा प्रयोग हुने सामग्री हो । यसलाई नेपालका कतिपय ठाउँमा झाडु पनि भन्ने गरिन्छ ।
यससँगै कुचोको सम्बन्ध लक्ष्मीसँग पनि छ । नयाँ कुचोले परिवारका आर्थिक अवरोध तथा बाधाहरुलाई हटाउने विश्वास रहँदै आएको छ । कुचोले फोहोर बढार्ने क्रममा नकारात्मकता र बाधाहरु हटाउने हिन्दु जनविश्वास छ ।
यससँगै आम मानिसहरुले घरमा दैनिक प्रयोगका लागि नयाँ सामग्रीहरु खरिद गर्छन् । गरगहना तथा भान्सामा प्रयोग हुने कुनै न कुनै सामग्री यस दिन खरिद गर्दा भाग्योदय हुने वा समृद्धि हुने हिन्दु जनविश्वास रहँदै आएको छ ।