फिल्म हलभित्र एमआरपीमै खाद्य र पेय पदार्थ बिक्री गर्न निर्देशन



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिनेमा हलमा बिक्री हुने खाद्य तथा पेयजन्य पदार्थ प्याकेटमा उल्लेख भएको अधिकतम खुद्रा मूल्य(एमआरपी)मै बिक्री गर्न निर्देशन दिएको छ ।

विभागका प्रवक्ता डिकबहादुर कार्कीका अनुसार सिनेमा हलभित्र र परिसरमा बिक्री हुने विभिन्न प्रकारका खाद्य पदार्थ र पानीसहित अन्य पेयजन्य पदार्थ उल्लेख भएको एमआरपीमा बिक्री गर्न निर्देशन दिइएको हो ।

एमआरपीभन्दा बढी मूल्यमा बिक्री गरेको पाइएमा कारबाही गर्ने विभागले चेतावनीसमेत दिएको छ ।


क्लिकमान्डु