सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेछ कारोबार ?
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो ।
आइतबार प्रतितोला एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन सोमबारका लागि भने १ लाख ६५ हजार ६ सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । आइतबारको तुलनामा सोमार चाँदी प्रतितोला २० रुपैयाँ वृद्धि भएको छ । आइतबार चाँदी प्रतितोला २ हजार ७५ मा कारोबार भएको चाँदी आजका लागि भने २ हजार ९५ निर्धारण भएको महासङ्घले जनाएको छ ।