कर छलेर ल्याइएका १० लाखको सामान बरामद



पर्सा । सशस्त्र प्रहरी बलले १० लाख रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । बरामद गरिएका सामानमा ‘मोटरपार्टस्, कस्मेटिक, मोबाइल एसेसरिज’ छन् ।

सशस्त्र प्रहरी बलका नायब उपरीक्षक नरेन्द्रसिंह धामीका अनुसार सवारी साधनसहित भन्सार छलेर भित्र्याएका सामान भन्सार कार्यालयलाई बुझाइएको हो ।

यही असोज २३ गते पनि भन्सार छलेर गोदाममा राखेको २१ लाख २१ हजार ८ सय रुपैयाँ बराबरका कपडा बरामद गरेको थियो ।


क्लिकमान्डु