सुनको मूल्य तोलामै १ हजार ४ सयले बढ्यो, कतिमा भइरहेछ कारोबार ?
काठमाडौं । सुनको मूल्य मंगलबार तोलामै १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको छ । दशैंअघि प्रतितोला सुनको मूल्य १ लाख ५९ हजार १ सय रुपैयाँ रहेकोमा आज तोलामै १ हजार ४ सय बढेको हो ।
असोज १८ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । दशैंअघि २३ गते प्रतितोला १९०० रुपैयाँ रहेको चाँदी आज १९२५ रुपैयाँ कायम भएको छ ।