प्रसिद्ध उद्योगपति रतन टाटाको निधन



एजेन्सी। भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । रतन टाटाको बुधबार राति मुम्बइको अस्पतालमा निधन भएको टाटा सन्सका चेयरम्यान एन चन्द्रशेखरनले जानकारी दिएका छन् ।

टाटाको निधनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायत उच्चपदस्थ अधिकारीहरुले पनि दुख व्यक्त गरेका छन् । भारतको कर्पोरेट विकासलाई समग्र देशको निर्माणसँग जोड्ने कामको श्रेय टाटालाई जान्छ ।

भारतीय प्रधानमन्त्री मोदीले टाटाको निधनमा दुख व्यक्त गर्दै उनी भिजनरी बिजनेस लिडर र एक असाधारण व्यक्ति रहेको स्मरण गरेका छन् । यससँगै भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धीले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन् । टाटासँग एक प्रष्ट भिजन रहेको स्मरण गरेका छन् ।

टाटा उद्यमसँगै परोपकारी काममा पनि सक्रिय थिए । २८ डिसेम्बर १९३७ मा जन्मिएका टाटा सन् २००० मा भारत सरकारबाट पद्मभुषण र २००८ मा पदमविभुषण पदकबाट सम्मानित भएका थिए ।


क्लिकमान्डु