वर्डलिंक, सुविसु, भायनेटसहित ५१ इन्टरनेट सेवाप्रदायकले तिरेनन् सरकारी राजस्व



काठमाडौं । विभिन्न ५१ वटा इन्टरनेट सेवा प्रदायकले सरकारलाई तिर्नुपर्ने राजस्व तिरेका छैनन् । चल्तिका इन्टरनेट सेवाप्रदायक वल्र्डलिंक, सुविसु, भयनेट, क्यालिकटेकसम्मले कानूनअनुसार तिर्नुपर्ने रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष शुल्क (आरटीडीएफ) तिरेका छैनन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले वित्तीय विवरण, आरटीडीएफ, तथा रोयल्टी रकम नतिर्ने ४० कम्पनी र नियमअनुसार नतिर्ने थप २१ कम्नीको सूची सार्वजनिक गरेको छ । जनतासँग नियमित शुल्क उडाने र सकारलाई तिर्नुपर्ने राजस्व नतिर्नेमा चल्तीका इन्टरनेट कम्पनीदेखि उदाउदै गरेका र सेवा प्रवाह बढाउँदै गरेका कम्पनीसम्म छन् ।

यी कम्पनीहरुले प्राधिकरणलाई बुझाएको वित्तीय विवरण अनुसार कुल आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत आरटीडीएफ तिर्नुपर्ने छ । सेवाप्रदायकहरुले २०८० पुस मसान्तभित्रै बुझाउनुपर्ने सरकारी शुल्क नबुझाएको भन्दै ती सेवाप्रदायकलाई अगामी असोज मसान्तभित्र कुल रोयल्टी, आरटीडीएफ र नियमानुसार जरीवानासमेत तिर्न सार्वजनिक सूचना जारी गरेको छ ।


क्लिकमान्डु