सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?



काठमाडौँ । स्थानीय बजारमा आज आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । केही समययता लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आइतबार सामान्य गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख ६० हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १ हजार ९ सय ५५ मा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ९ सय ४५ रुपैयाँ निर्धारण भएको छ ।


क्लिकमान्डु