वाणिज्य बैंकहरुले घटाए ब्याजदर, ४ वटाको यथावत



काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेपमा प्रदान गर्दै आएको ब्याजदर अझै घटाएका छन् । सोमबार बिहान प्रकाशित नयाँ ब्याजदर अनुसार ७ बैंकले ब्याजदर घटाएका हुन् । यसैगरी अरु ४ बैंकको ब्याजदर यथावत छ ।

हालसम्म संकलित विवरणअनुसार सिटिजन्स, एभरेस्ट, कुमारी, नेपाल, एनआईएमबी, एनआईसी एशिया र सानिमा बैंकले ब्याजदर घटाएका छन् । यसैगरी ग्लोबल आईएमई, माछापुच्छ्रे, प्रभु र सिद्धार्थले निक्षेपको अधिकतम ब्याजदर भदौकै लाई निरन्तरता दिएका छन् ।

बैंकहरुले असोज महिनाका लागि प्रकाशित ब्याजदर अनुसार यस्तो तथ्य देखिएको हो । राष्ट्र बैंकको व्यवस्थाअनुसार अघिल्लो महिनाको अन्तिम दिनमै पछिल्लो महिना लागु हुने ब्याजदर प्रकाशत गर्नुपर्ने व्यवस्था छ ।

अध्यावधिक गरिएको समाचार निम्न लिंकमा पढ्न सकिन्छ ।
ब्याजदर घटाउन बैंकको प्रतिस्पर्धाः २ वटाले बढाउँदा १० बैंकले घटाए, ८ वटाको स्थिर


क्लिकमान्डु