सुनको मूल्य लगातार वृद्धि, कतिमा भइरहेछ कारोबार ?



काठमाडौं । सुनको मूल्य तीब्र रुपमा वृद्धि भइरहेको छ । पछिल्लो पटक सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनायो । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि प्रतितोला सुनको मूल्य १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ रहेको सुनको मूल्य आइतबार ५ सय रुपैयाँले बढेको हो । र यो मूल्य हालसम्मकै उच्च हो ।

चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार नौ सय निर्धारण भएको छ ।


क्लिकमान्डु