पाकिस्तानमा पहिरोले एकै घरका १२ जनाको मृत्यु



एजेन्सी । पाकिस्तानमा भारी वर्षासँगै आएको पहिरोमा परी एकै परिवारका १२ जनाको मृत्यु भएको छ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको मैदान तेहसिलमा शुक्रबार बिहान यस्तो घटना भएको हो ।

पहिरोले माटोको घर भत्काउँदा एकै परिवारका १२ सदस्यको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

घटना भएको क्षेत्रमा अन्य घरहरु पनि पहिरोको जोखिममा परेकाले अन्य सयौं परिवारलाई प्रहरीले उद्धार गरेको छ । पाकिस्तानको सञ्चारमाध्यम डनका अनुसार मृतकको शवहरुलाई प्रहरीले मैदान अस्पतालमा पुर्‍याएको छ ।

मृत्यु हुनेमा नोशाद खान, खान बाच, वाली रहमान उनीहरुका श्रीमति र सन्तानहरु सबैको मृत्यु भएको हो । ती सन्तानहरु ३ देखि २२ वर्ष उमेर समूहका रहेको पनि बताइएको छ । बाढी पहिरोले त्यस क्षेत्रका पुल र अन्य थुप्रै भौतिक संरचना भत्काएको छ ।


क्लिकमान्डु