सुनको मूल्य अहिलेसम्मकै उच्च, एक सातामै रेकर्ड तोडियो



काठमाडौं । सुनको मूल्य वृद्धि भएर हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मूल्य तोलामा १ लाख ५३ हजार १ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिनको तुलनामा बुधबार तोलामा ८ सय रुपैयाँले सुन महंगो भएको हो ।

गत भदौ ५ गते १ लाख ५३ हजारको उच्चतम मूल्य रेकर्ड रहेकोमा एक सातामै उक्त रेकर्ड तोडियो । अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन भने चाँदी तोलाको १ हजार ८ सय ५० रुपैयाँ थियो । जुन आज १ हजार ८ सय ५५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु