सुनको मूल्य फेरि बढ्यो, कतिमा भइरहेछ कारोबार ?



काठमाडौँ । स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँको दरले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५२ हजार चार सय निर्धारण भएको छ । पछिल्लो केही दिनसम्म लगातार घटेर आइतबार सुनको मूल्य फेरि वृद्धि भएको हो ।

यस्तै, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार आठ सय ५० रुपैयाँ निर्धारण भएको छ ।


क्लिकमान्डु