टिकटक प्रतिबन्ध हट्यो, अब निर्वाध रुपमा सञ्चालन हुने




काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । सरकारले आचारसंहिता बनाएरै टिकटक प्रतिवन्ध हटाउने गरी निर्णय गरेको भएपनि तत्कालै टिकटक भने चल्ने छ ।

यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

सरकारले करिब एक वर्षदेखि बन्द गराएको सामाजिक सञ्जाल टिकटक खोलेकाे हो । पुष्प कमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले बन्द गरेको टिकटक केपी शर्मा ओलीको सरकारले खोलेकाे हो ।

सरकारले बन्द गराएको टिकटकलाई चिनियाँ प्रतिनिधिको बारम्बारको दबाबपछि आचार संहिता बनाएरै टिकटक खुला गर्ने भन्दै टिकटक खोलेकाे हो ।

सञ्चार मन्त्रालयका कर्मचारीका अनुसार सामाजिक सद्भाव नभड्काउने गरी सामाजिक सञ्जाल सञ्चालन निर्देशिकामा आधारित रहेर टिकटक चलाउन पाइने व्यवस्था हुने भएको छ ।

चिनियाँ पक्षले नेपालमा दर्ता गरेर र सरकारले तोकेको आचार संहिता पालना गरेरै टिकटक चलाउन दिने शर्त स्वीकार्न तयार भएपछि सरकारले गत वर्ष कात्तिकदेखि रोकिएको टिकटक खोलेकाे हो ।


क्लिकमान्डु