एमसीसी कम्प्याक्ट कार्यान्वयनको एक वर्ष: ३ सबस्टेसन र १८ किमी प्रसारणलाइनको ठेक्का लाग्यो



काठमाडौं । मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीसी) नेपाल कम्याक्ट कार्यान्वयनमा आएको एक वर्षमा तीन सबस्टेसन र १८ किमी प्रसारणलाइनको ठेक्का लागेको छ ।

एमसीए नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले नेपाल भारत जोडिने १८ किमी प्रसारणलाइनको ठेक्का सम्झौता भएको बताए । उनले एक वर्ष पुगेको अवसरमा बुधबार उपलब्धीहरु सुनाउँदै  ३ वटा सबस्टेसनको समेत ठेक्का लागेको बताए । ३१५ किमीमध्ये बाँकी रहेको २९७ किमी प्रसारणलाइनको ठेक्का निकाल्ने तयारी छ । यहि वर्ष पुन  ठेक्का निकाल्न लागेको छ ।

न्यु बुटवल (नवलपरासी पश्चिम), रातमाटे (नुवाकोट), न्यु दमौली (तनँहु) सबस्टेसनको ठेक्का  लागेको छ । न्यु बुटवलको सबस्टेसन ३५.५१ मिलियन अमेरिकी डलरमा सम्झौता भएको हो । रातमाटे ५१.६ मिलिमियन अमेरिकी डलर, न्यु दमौली ३८.८९मिलियन अमेरिकी डलरमा सम्झौता भएको हो । जग्गाको मुआब्जा निर्धारण गर्न ९ वटा जिल्लामा मुआब्जा निर्धारण भएको छ ।

धादिङ, मकवानपुर र नवलपरासी पश्चिम गरी तीन जिल्लामा जग्गाको मुआब्जा निर्धारण भएको छ । ९ जिल्लामा पहिलो चरणको रुख गणना कार्य सम्पन्न भएको छ ।

सडक मर्मततर्फ पूर्व पश्चिम राजमार्ग अन्तर्गतको धानखोलादेखि लमहीसम्म ४० किमीको चालु वर्ष ठेक्का निकाल्ने तयारी छ ।

आवधिक मर्मत सम्भारका लागि दुईवटा सम्भावित सडक खण्डको पहिचान गरी स्वीकृत भएको छ । एमसीसी अमेरिकी अनुदान सहयोगको कम्प्याक्ट हो । यो कम्प्याक्ट अन्तर्गको परियोजना आगामी ४ वर्षमा सक्ने लक्ष्य छ ।  


क्लिकमान्डु