ल्यान्ड रोभर जस्तै ‘चेरी टिग्गो ७ स्पोर्ट’ बजारमा



एजेन्सी । आगामी सेप्टेम्बरमा सार्वजनिक हुने भनिएको चिनियाँ कार ‘चेरी टिग्गो ७ स्पोर्ट’ डिलरहरुमा उपलब्ध हुन थालेको छ । ल्यान्ड रोभर जस्तो लुक्स देखिने यो कार आकर्षक देखिन्छ ।

यसमा प्रयोग गरिएको जालीदार ग्रिल ब्रिटीश अफ रोडरबाट लिइएको बताइन्छ । तर यसलाई एयर इनलेट डिजाइन र साँघुरो बम्पर र स्किड प्लेटले थप आकर्षक बनाएको छ ।

यस्तै दिउँसोको रनिङ लाइट पनि रेन्ज रोभर इभोकसँग मिल्दोजुल्दो छ । यसलाई चेरी टिग्गो ७ भनिए पनि स्पोर्ट भर्सनका अन्य टिग्गो ७ कारहरुभन्दा नितान्त भिन्न देखिन्छ । तर चेरी तानसुओ ०६ सँग भने यसको स्वरुप मिल्दोजुल्दो नै हुन्छ । र यसलाई विभिन्न देशमा जेको जे ७ को नामले पनि चिनिन्छ ।

उद्योग तथा सूचना प्रविधि मन्त्रालयको पछिल्लो सूचना अनुसार चेरी तानसुओ ०६ ले आफ्नो अगाडिको भागको डिजाइनको विकल्पको रुपमा टीग्गो ७ को जस्तै बनाएको छ । यसरी दुबै कारको हिडन डोर र रुफ र्‍याकको डिजाइन धेरै हदसम्म मिल्दोजुल्दो देखिन्छ ।

तर टिग्गो ७ सपर्ट सहरी क्षेत्रका उपभोक्तालाई लक्षित गर्दै बनाइएको हो भने तासुओ ०६ सहर बाहिरका उपभोक्तारुका लागि धेरै उपयोगी मानिन्छ । टिग्गो ७ स्पोर्ट सहरी क्षेत्रमा बढी लक्षित हुनुको बावजुद कारको बायँतर्फ सी र डी पिलरको बीचमा एक स्टोरेज कम्पार्टमेन्ट लगाएको हुन्छ ।

यी दुबैकार लगभग एउटै जस्तो देखिन्छन् । चेरी टिग्गो ७ स्पोर्टमा फ्लटि इन्स्ट्रुमेन्ट प्यानल जडान हुन्छ । र चंकी ड्राइभ सेलेक्टर र थ्रु टाइप एयर कन्डिसनिङसहित यसमा ठूलो भिडियो स्कृन हुन्छ । चेरी टिग्गो ७ स्पोर्टका लागि पावरट्रेन विवरणको भने कुनै घोषणा गरिएको छैन । तर तानसुओ ०६ कारको जस्तै सेटअप हुने अपेक्षा गरिएको छ ।

यस्तै यसमा १४५ किलोवाट अधिकतम पावर र २० एनएमसम्मको टर्कहित १.६ टी टर्बोचार्ज इन्जिन जडान गरिएको हुन्छ । र इन्जिन भने सेभेन-स्पिड वेट डुएल-कल्च गियरबक्ससँग मिल्ने हुन्छ । यसवाहेक यसको मूल्य १४ हजार अमेरिकी डलर अर्थात् १ लाख चिनियाँ युआन पर्ने आकलन गरिएको छ । चेरी जगुअर ल्यान्ड रोभरको चीनस्थित ज्वाइन्ट भेन्चर पार्टनर कम्पनी हो ।


क्लिकमान्डु