अन्तिम एक मिनेटमा सेयर बजार हरियो



काठमाडौं । कारोबार अवधिभर निकै उतार चढाब भएको बजारमा अन्तिम एक मिनेटमा भने सुधार भएको छ ।

कारोबारको अन्तिम एक मिनेटमा बजारमा ६ अंकको बढेको थियो । समग्र बजार भने २.११ अंकले बढेर परिसूचक २९६८.४४ बिन्दु कायम भएको छ । कारोबारमा १०० वटा कम्पनीको मूल्य बढेको छ भने १४० कम्पनीको घटेको छ ।

३३७ कम्पनीको ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ७२९ रुपैयाँको सेयर किनबेच भएको छ । यो दिन बजारमा अन्तिम समयमा सामान्य सुधार आएपनि कारोबार रकम भने घटेको छ ।

बुधबार अधिकांश समूहको उपसूचक राताम्मे भएका छन् । बैंकिङ समूहको १०.१३, विकास बैंक ४०.५७, वित्त १८६.८६, अन्य समूहको उपसूचक ४.२५ अंकले बढेको छ भने होटल ७६.३३, जलविद्युत २७.८६, जीवन बिमा २८.४२, उत्पादन तथा प्रशोधन ३२.३३, ट्रेडिङ समूहको ८६.९५, माइक्रोफाइनान्स २९.५२, निर्जीबन बिमा समूहको उपसूचक ९८.९८ अंकले घटेको छ ।

कारोबारमा चार वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लागेका कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दोल्ती पावर कम्पनी रहेको छ ।


क्लिकमान्डु