नेटा भी ईभी छोटो अवधिमै देशभर ८ सयभन्दा धेरै बिक्री



काठमाडौँ – सीजी मोटर्स आधिकारिक बिक्रेता रहेको नेटा भी ईभी गाडी छोटो समयमै नेपालमा ८ सयभन्दा बढी परिमाणमा बिक्री भएको छ ।

उच्च प्रस्तुति, विश्वासिलो र वातावरणमैत्री विशेषताले नेटा भीलाई ग्राहकले बढी रुचाएको कम्पनीले जनाएको छ । नेटा भी चाँडै नै नेपाली ईभी बजारमा देशभरका ग्राहकहरूको मन जित्न सफल भएको छ ।

प्रत्येक नेटा भीमा उन्नत र अत्याधुनिक प्रविधिका साथै उत्कृष्ट इन्जिनियरिङ रहेको छ । यसले ड्राइभिङमा फरक अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

नेटा भीमा ४०.७ केडब्लु ब्याट्री, ५० केडब्लुको मोटर रहेका छन् । यसले १२० एनएम टर्क जेनरेट गर्ने कम्पनीले बताएको छ । यो ईभी गाडीलाई २० मिनेट चार्ज गर्दा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्री चार्ज हुन्छ । एक पटकको चार्जमा ३ सय ८० किमि रेन्ज दिने नेटा भी किन्दा ८ वर्ष वा १ लाख ५० हजार किमिको वारेन्टी पाइन्छ ।

नेटा होजोन अटो अन्तर्गतको कम्पनी हो । उत्कृष्ट परफमेन्स, छिटो चार्जिङ क्षमता र वारेन्टीहरूका लागि उन्नत प्रविधिहरूसहित आकर्षक र पर्यावरणमैत्री सवारी साधनहरू प्रदान गर्नमा केन्द्रित नेटा भीले चीन, थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया, म्यानमार, ब्राजिल, टर्की, स्पेनजस्ता देशमा पुगिसकेको छ । आगामी दिनमा थप नयाँ मोडल लञ्च गर्न उत्साहित भएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु