एनएचपीसीले धमाधम पश्चिम सेतीको डीपीआर बनाउँदै, पावर हाउसको क्षमता पहिचान गर्न ठेक्का आह्वान



काठमाडौं ।  भारतीय कम्पनी एनएचपीसी लिमिटेडले पश्चिम सेती जलविद्युत् आयोजनाको पावर हाउस बन्ने स्थानको माटोको क्षमता परीक्षणका लागि ठेक्का निकालेको छ ।

अण्डग्राउण्ड पावर हाउस बन्ने भएकाले त्यहाँ ड्रिलिङ गरेर भौगोलिक अवस्था हेर्न लागिएको हो । ब्लाष्टिङ गरेर समेत परीक्षण गरिनेछ । यो परीक्षणपछि लागत र क्षमता समेत एकिन हुनेछ ।

एनएचपीसी लिमिटेडले पश्चिम सेती यो जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बनाउने काम धमाधम गरिरहेको छ । सोही प्रतिवेदन बनाउने क्रममा यो अध्ययन  गर्न लागेको हो । कम्पनीले निकालेको ठेक्कामा भाद्र २६ गतेसम्म आवेदन सकिनेछ ।

२०७९ भदौमा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितिमा लगानी बोर्डको कार्यालय र एनएचपीसीबीच समझदारी भएको थियो ।  ७५० मेगावाट अनुमानित क्षमताको यो परियोजना भारत सरकार स्वामित्वको कम्पनीले निर्माण गर्न लागेको छ ।


क्लिकमान्डु