बचतकर्ताको २६ करोड ठगेर महाबौद्ध सहकारीका अध्यक्षसहित ७ जना फरार



काठमाडौं । महाबौद्ध बचत तथा ऋण सहकारीका अध्यक्ष लगायतले बचतकर्ताको २५ करोड ८७ लाख ६८ हजार ९३१ रुपैयाँ ठगेर फरार भएका छन् ।

२३१ जना बचतकर्ताको उक्त बचत ठगेर काठमाडौं महानगरपालिका–२२ खिचापोखरीमा रहेको सहकारीका अध्यक्षसहित ७ जना फरार रहेका छन् भने तीन जना पक्राउ परेका छन् ।

सहकारीका सचिव राजेश शाक्य, सहसचिव जितेन्द्र श्रेष्ठ र सञ्चालक समितिका सदस्य मेनुका देवी तुलाधर पक्राउ परेका छन् ।
बचतकर्ताको बचत अपचलन गरेर फरार हुनेमा सहकारीका अध्यक्ष प्रमिल स्थापित, उपाध्यक्ष मञ्जु बज्राचार्य, कोषाध्यक्ष अनुसुर्या श्रेष्ठ, सञ्चालक समितिका सदस्इ छोरी मैया बज्राचार्य, लेखा समितिका संयोजक अलिन शाक्य, लेखा समिति सदस्य अञ्जला स्थापित र लेखा समिति सदस्य विनिता मैया शाक्य फरा रहेका छन् ।

उनीहरुले सहकारीको नाममा मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा १ ले निषेधित र उपदफा २ ले परिभाषित कसूर गरेको पुष्टि भएको काठमाडौं जिल्ला अदालतमा दायर भएको मुद्दामा उल्लेख छ ।

सहकारीका ठगहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा ३ को खण्ड ग बमोजिम ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना सजाय माग दाबी गरिएको छ ।


क्लिकमान्डु