अभिनेता फोर्डले लगाएको ह्याट साढे ८ करोडमा विक्री



एजेन्सी । इन्डियाना जोन्स फिल्म फ्रेन्चाइजीको दोस्रो इन्स्टलमेन्टमा प्रसिद्ध अभिनेता ह्यारिसन फोर्डले लगाएको ह्याट (टोपी) झण्डै ६ लाख अमेरिकी डलरभन्दा धेरै मूल्यमा लिलामीमा विक्री भएको छ ।

ब्राउन कलरको विशेष किसिमको यो ह्याट विशेष रुपमा टेम्पल अफ डुम फिल्मका लागि बनाइएको थियो । जुन ह्याट बिहीबार अमेरिकाको लस एन्जल्सस्थित ६ लाख ३० हजार अमेरिकी डलर (८ करोड ४२ लाख ९९ हजार ७ सय ३३ नेपाली रुपैयाँ) मा बिक्री भयो ।

स्टार वार्स, ह्यारी पोटर र जेम्स बन्ड प्रडक्सनको प्रप्ससहित मुभीका अन्य स्मरणीय सामग्रीसँगै यो ह्याट पनि लिलामीमा विक्री गरिएको हो । जोन्स एक साहसिक पूरातत्ववेत्ताको रुपमा फिल्मको सुरुवातमा यही टोपीको पहिरनमा देखिन्छन् । जहाँ उनी र अर्का उनका साथी दुर्घटनाग्रस्त विमानबाट हामफाल्छन् ।

उक्त दृश्यको क्रममा उनी केट क्याप्साले खेलेको नाइट क्लब गायक विल्हेल्मिना विली स्कटमा र के ह्यु क्वानले खेलेको चिनियाँ अपराध गिरोहको चंगुलबाट उम्कने क्रममा आफ्नो १२ वर्ष पुरानो साथी सर्ट राउन्डसँग विमानमा सवार हुन्छन् ।

उडानको क्रममा पाइलटले विमानमा तोडपोड गरेपछि पहाडको किनारमा विमान तल झार्नुअघि तीनै जनाले विमानबाट हामफाल्न राफ्टको प्रयोग गरेका देखिन्छन् । टोपी विक्रेता अक्सन हाउसका अनुसार उक्त टोपी प्रोड्युसर जर्ज लुकासको भिजुअल इफेक्टका लागि अन्य तस्बिरहरुको लागि पनि प्रयोग गरिएको थियो ।

फोडोराको १९८४ को फिल्म, डिन फेरान्डिनीमाअभिनेता फोर्डले डबल स्टन्टमा पनि यही टोपी लगाएका थिए । साथै प्रतिष्ठित पोशाक पहिरिने स्टन्टम्यानको पहिलो अप्रकाशित तस्बिरको रुपमा पनि त्यसबेलाका तस्बिर बिक्री भएका थिए ।

यो टोपी निर्माता तथा निर्देशक फेरान्डिनीको निजी संकलनमा थियो । तर गत वर्ष फेरान्डिनीको निधन भयो । अक्सन हाउस प्रपस्टोरले यो टोपी पहिलो पटक इन्डियाना जोन्सको फिल्म राइडर्स अफ द लस्ट आर्कमा चित्रित गरिएको जनाएको छ ।

यो प्रसिद्ध टोपी बेलायतस्थित हार्बर्ट जोन्सन ह्याट कम्पनीले निर्माण गरेको थियो । टोपीभित्र सुरुमा सुनको अक्षरले लेखिएको ‘आईजे’ पनि लिलामीमा यसअघि नै विक्री भइसकेको छ ।

यसअघि १९८३ को स्टार वार्स फिल्म रिटर्न अफ द जेडीमा प्रयोग गरिएको एक साही स्काउट ट्रुपर हेलमेट पनि यसैगरी ३ लाख १५ हजार अमेरिकी डलरमा लिलामीमा विक्री गरिएको थियो । साथै ह्यारी पोटर एन्ड द प्रिजनर अफ अजकाबनमा डेनियल रेडक्लिफले प्रयोग गरेको लठ्ठी पनि ५३ हजार ५ सय ५० डलरमा विक्री गरिएको थियो ।

यस्तै जेम्स बन्ड फिल्ममा डेनिएल क्रेगको सुट २०१२ मा ३५ हजार डलरमा विक्री गरिएको थियो । हलिउड रिपोर्टरका अनुसार इन्डियाना जोन्स टोपीको मूल्य २०२१ मा लिलामी गरिएको टेम्पल अफ डुम फेडोराभन्दा पनि महंगो मानिएको छ ।


क्लिकमान्डु