अब विकास निर्माण द्रुत गतिमा हुन्छ: भौतिकमन्त्री दाहाल, सुनाए आफ्नो कार्यकालमा भएको २३ बुंदे प्रगति विवरण



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अब मुलुकमा भौतिक पूर्वाधारको विकास द्रुत गतिमा हुने दाबी गरेका छन् ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री दाहालले वर्तमान सरकार २ वर्षसम्म स्थायी रुपमा रहने भएकाले भौतिक पूर्वाधार निर्माणको काम द्रुत गतिमा हुने दाबी गरेका हुन् ।

‘पछिल्लो समयमा ४–५ महिनामै सरकार परिवर्तन हुने, त्योसँगै मन्त्रीसमेत परिवर्तन हुने समस्याले पूर्वाधार निर्माणका काम अलपत्र परिरहेका थिए,’ मन्त्री दाहालले भने,‘तर अब यस्तो हुने छैन । अहिलेको सरकार दुई वर्षको लागि आएको छ । यो अवधिमा रोकिएका सम्पूर्ण पूर्वाधार निर्माणको योजनाले गति लिनेछन् ।’

मन्त्री दाहालले चक्रपथ दोश्रो खण्डको विषयमा चीन सरकारको सुझाव अनुसार सडकको दुवै किनारा क्लियरेन्स गर्ने काम सम्पन्न भइसकेको जानकारी दिए । अब निर्माण कार्य अघि बढाउने विषयमा चीन सरकारसँग चाँडै नै द्विपक्षीय समझदारी पत्र(एमएयु)मा हस्ताक्षर हुने उनले बताए ।

नारायणघाट बुटवल सडक खण्ड लथालिङ्ग भएको विषयमा बुझ्न आफूले आधिकारिक ठेकेदार भेट्न नसक्दा आधिकारिक प्रतिनिधि चीन पठाएर ठेकेदार कम्पनीको मुख्य अधिकारीसँग भेटवार्ता गरेको जानकारी गराउँदै उनले चाँडै उक्त सडक खण्ड निर्माण सम्पन्न गर्न निर्देशन दिइएको बताए ।

यस्तै नक्कली लाइसेन्सको विषयमा छानविनको दायरा फराकिलो बनाउँदै अहिले हरेक प्रदेशमा छानविन गर्ने काम भइरहेको पनि उनले जानकारी दिए । प्रदेशबाट छानविनबाट प्राप्त भएको प्रतिवेदनअनुसार कारवाही प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।

यस्तै सवारी साधन अनुमतिपत्रको लागि परीक्षा उत्तीर्ण भइसकेका सर्वसाधारणको हकमा सक्कली लाइसेन्स वितरण नहुन्जेलसम्मका लागि बाक्लो कागजमा गोजीमा राख्ने मिल्ने गरी रसिद(चिरकटो) उपलब्ध गराउन लागिएको उनले बताए ।

लाइन्सेन्स प्राथमिकताको आधारमा तत्कालका लागि वितरण भइरहे पनि केही समयपछि प्रदेश सरकारबाट उपलब्ध हुने विषयमा गृहकार्य भइरहेको उनले जानकारी दिए ।

नारायणघाट मुग्लिन सडक खण्ड निकै जोखिमयुक्त बन्दै गएको विषयमा उनले उक्त सडक खण्डलाई उच्च प्राथमिकतामा राखेर सरकारले सुरक्षाका सम्पूर्ण उपाय अवलम्बन गरी निर्माण कार्य अघि बढाएको दाबी गरे ।

मन्त्री दाहालले मन्त्रालयमा आफ्नो १ महिने कार्यकालमा मन्त्रालयसँग विभिन्न क्षेत्रमा २३ बुंदे प्रगति हासिल गरेको पनि विवरण सुनाएर जानकारी दिएका थिए ।

यस्तो छ २३ बुंदे प्रगति विवरण


क्लिकमान्डु