महंगो पोलस्टोन्स कारको सस्तो भर्सन सार्वजनिक, कति पर्छ मूल्य ?



एजेन्सी । रोक्स मोटर, बीएडब्लू र पिनिनफेरिनाको पोलस्टोन्स ०१ ईआरईभी अफ रोडर चीनमा सार्वजनिक गरिएको छ । सानो ब्याट्री क्षमताको पोलस्टोन्स ०१ सुरुमा लन्च गरिएको मोडेलभन्दा ७ हजार अमेरिकी डलर सस्तो रहेको बताइएको छ।

जसको सुरुवाती मूल्य २ लाख ९९ हजार ९ सय युआन अर्थात ४१ हजार ८ सय अमेरिकी डलर (५५ लाख ९३ हजार २२० नेपाली रुपैयाँ) रहेको छ । पोलस्टोन्स रोक्स मोटर महंगो ब्रान्ड हो । रोक्स मोटर रोबोरोक कम्पनीका सीईओले स्थापित गरेका थिए । रोक्स मोटरले २०२३ को अगस्ट १ मा पहिलो पटक पोलेस्टोन्स ०१ लन्च गरेको थियो ।

हाल कम्पनीले यसको सस्तो मोडेल सार्वजनिक गरेको हो । सुरुमा ५६ किलोवाट टर्नरी एनएमसी प्याकको साथमा लन्च गर्दा पोलस्टोन्स ०१ को मूल्य ४८ हजार ८ सय (६५ लाख २९ हजार ८८४ नेरु)देखि ५० हजार २ सय अमेरिकी डलर (६७ लाख १७ हजार २१६ नेरु) सम्म पर्थ्यो ।

रोक्स मोटरले यसलाई हाल ली अटो एल ९ क्रसओभरको प्रत्यक्ष प्रतिस्पर्धीको रुपमा बजारमा ल्याएको छ । यद्यपि पोलस्टोन्स ०१ को बिक्री ली एल ९ को भन्दा धेरै पछाडि छ । २०२३ को अक्टोबरदेखि २०२४ जुलाइसम्म पोलस्टोन्स ०१ को बिक्री जम्मा २ हजार ९ सय ३१ मात्रै थियो ।

यस्तै चीनमा यो मोडेलले धेरै समस्याको सामना गर्नु परेको छ । ब्रान्ड पावरको कमजोरी र न्यून विक्री सञ्जाल लगायत केही समस्या यो मोडेलले झेल्नु परेको छ । प्रमुख रुपमा यसको बिक्री कम हुनुको पछाडि उच्च मूल्य नै रहेको बताइन्छ ।

ली एल ९ भन्दा यो सस्तो छ । अर्कोतर्फ एल सिरिजका अन्य कारहरु एल ७ र एल ८ जस्ता गाडीभन्दा धेरै महंगो नै छ । यसैले पनि रोक्स मोटरले यो मोडेलको कारको मूल्य घटाउनुपर्ने रिभ्युअरहरुले सुझाव दिएका थिए ।

अन्तत: रोक्स मोटरले पोलस्टोन्स ०१ को सस्तो भेरिएन्ट हालै बजारमा ल्याएको हो । हाल यो ब्रान्डका दुई स्टान्डर्डका कार चिनियाँ बजारमा छन् । पहिलेको कार ६ वा ७ सिटे थियो । र यो ६ सिटे भेरिएन्टमा ५०५०/१९८०/१९६९ एमएम लम्बाइमा उपलब्ध थियो भने ७ सिटे कार भने ५२९५ एमएम लम्बाइमा उपलब्ध थियो ।

हालै बजारमा ल्याएको ईआरईभी एसयूभीसहितको सानो ब्याट्री क्षमताको पोलस्टोन्स ०१ भेरिएन्टमा १.५ लिटर आइस हुन्छ। जसले जेनेरेटरको रुपमा काम गर्छ । साथै ईभीको सन्दर्भमा यसको अधिकतम शक्ति ३५० किलोवाटसम्म पुग्छ। पोलस्टोन्स ०१ भेरिएन्टको कार १ सय किलोमिटर प्रतिघन्टाको गतिमा गुड्न सक्छ ।

यो कारको सुरुको भर्सनमा ५६ किलोवाट ब्याट्रीका साथै ३०६ किमीको रेन्ज थियो भने सस्तो भर्सनमा ४४.५ किलोवाटको सानो प्याक उपलब्ध छ । र यसको ईभी भर्सनले भने १८० किमीको रेन्ज दिन्छ ।

यस्तै पोलस्टोन्स ०१ कारको नयाँ भर्सनको सस्तो मूल्य पहिलेको भन्दा ७ हजार डलरले कम अर्थात ४१ हजार ८ सयदेखि ४३ हजार २ सय अमेरिकी डलरसम्म पर्छ । तर यसको मूल्य न्युनतम वा अधिकतम भनेर कारको इन्टेरियर लेआउटले निर्धारण गर्नेछ । पोलस्टोन्सको विस्तारका लागि कम्पनीले हाल मध्यपूर्व, मध्य एसिया, अफ्रिका र दक्षिणपूर्वी एसियाका बजारमा सहकार्य गरिरहेको छ ।


क्लिकमान्डु