गुडिरहेको माइक्रोमा रुख ढल्यो, ७ जना घाइते



काठमाडौं । गुडिरहेको माइक्रो बसमाथि रुख ढल्दा ७ यात्रु घाइते भएका छन् ।

धादिङस्थित गजुरीको जरेखोलामा पहिरोसँगै ढलेको रुख विद्युतीय माइक्रोबसमा पर्दा बसका यात्रु घाइते भएका हुन् ।

घाइतेलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ ।

माइक्रो बस धादिङबेंसीबाट काठमाडौं आउँदै थियो । घाइतेको परिचय खुलिसकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।


क्लिकमान्डु