८ केजी गाँजासहित युवती पक्राउ



काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिकाबाट ८ केजी गाँजासहित एक युवती पक्राउ परेकी छन् ।

बर्दियाको मधुवन नगरपालिका-७ की बासिन्दा २७ वर्षीया प्रियंका श्रेष्ठलाई बारा प्रहरीले प्रहरीले आइतबार पक्राउ गरेको हो ।

जितपुर सिमरा उपमहानगरपालिका-१ आधाभार जंगलबाट श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । युवतीविरुद्ध प्रहरीले लागूऔषधको कसुरमा अनुसन्धान अघि बढाएको छ ।


क्लिकमान्डु