सेयर कारोबारको पुँजीगत लाभकर दोब्बर, १ वर्षमै राज्यले पायो साढे ५ अर्ब रूपैयाँ



काठमाडौं । सेयर बजारमा लगातार उतार चढाव भएतापनि कारोबार रकम बढेका कारण सरकारले गत आर्थिक वर्षमा अघिल्लो आवभन्दा करिब दोब्बर पुँजीगत लाभकर पाएको छ । गत आर्थिक वर्षमा सरकारले सेयर कारोबारबाट ५ अर्ब ५० करोड ७७ लाख २५६ हजार रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ । जुन अघिल्लो आवको तुलनामा ८५.४० प्रतिशतले बढी हो । अघिल्लो आवमा सरकारले सेयर बजारबाट २ अर्ब ९७ करोड ५ लाख ८९ हजार ३७ रुपैयाँ मात्र पाएको थियो ।

एक वर्षको अवधीमा सेयर बजारमा कारोबार रकममा आएको सुधारको प्रभाव पुँजीगत लाभकरमा देखिएको हो । सिडिएससीका अनुसार बजारमा देखिएको उतार चढाबका बिच राज्यले सेयर बजारबाट ५ अर्ब ५० करोड ७७ लाख २५६ रुपैयाँ आम्दानी गरेको छ ।

सेयर बजारमा कारोबार रकम बढ्दा राज्यले बढी पुँजीगत लाभकर पाउने गर्छ ।

गएको साउनमा लगानीकर्ताले ४० करोड ८ लाख ९१ हजार रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । दीर्घकालीन लगानीकर्ताले १० करोड १५ लाख ८५ हजार ४५६ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले २२ करोड ४७ लाख १२ हजार २६७ रुपैयाँ र संस्थागत लगानीकर्ताले ७ करोड ४५ लाख ९४ हजार ६२ रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् ।

यस्तै, भदौमा १४ करोड ६९ हजार २४३ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । जसमा व्यक्तिगत दीर्घकालीन लगानीकर्ताले ५ करोड ६७ लाख ६२ हजार ८७४ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले ७ करोड ६६ लाख ५ हजार ४६७ रुपैयाँ, संस्थागत लगानीकर्ताले ६७ लाख ९०१रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् ।

असोज महिनामा लगानीकर्ताले कुल २१ करोड ९५ लाख ७९ हजार रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । जसमध्ये व्यक्तिगत दीर्घकालीन लगानीकर्ताले ५ करोड ५१ लाख ६० हजार ३३ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले १४ करोड ९८ लाख ३३ हजार ९३२ रुपैयाँ, संस्थागत लगानीकर्ताले १ करोड ४५ लाख ८५ हजार ४६० रुपैया पुँजीगत लाभकर तिरेका हुन् ।

कात्तिक महिनामा ८ करोड ४१ लाख ५४ हजार रुपैयाँ मात्रै पुँजीगत लाभकर उठेको छ । जसमा दीर्घकालीन लगानीकर्ताले २ करोड ६९ लाख १८ हजार ६२३ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले ४ करोड ६० लाख ४१ हजार ८२४ रुपैयाँ, संस्थागत लगानीकर्ताले १ करोड ११ लाख ९४ हजार ११७ रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् ।

लगानीकर्ताले मंसिर महिनामा ३० करोड ५३ लाख २४ हजार रुपैयाँ लाभकर तिरेका छन् । दीर्घकालीन लगानीकर्तातर्फ ९ करोड २४ लाख ३१ हजार ५८९ रुपैयाँ, अल्पकालीन लगानीकर्तातर्फ १४ करोड १४ लाख ६४ हजार १२१ रुपैयाँ, संस्थागत लगानीकर्ताले ७ करोड १४ लाख २९ हजार ७२ रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् ।

यस्तै पुस महिनामा लगानीकर्ताले ७४ करोड ३९ लाख १३ हजार रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । जसमध्ये दीर्घकालीन लगानीकर्ताले १७ करोड २८ लाख ९९ हजार ८३५ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले ५२ करोड ४४ लाख ७२ हजार १८७ रुपैयाँ, संस्थागत लगानीकर्ताले ४ करोड ६५ लाख ४१ हजार २०६ रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् ।

राज्यले सबैभन्दा बढी पुँजीगत लाभकर माघ महिनामा पाएको छ । माघमा ९७ करोड २० लाख ३ हजार रुपैयाँ पुँजीगत लाभकर सरकारले उठाएको छ । राज्यलाई माघमा दीर्घकालीन लगानीकर्ताले १६ करोड ३१ लाख ५७ हजार ७०८ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले ७४ करोड १३ लाख ८७ हजार ५२९ रुपैयाँ, संस्थागत लगानीकर्ताले ६ करोड ७४ लाख ५८ हजार ५३५ रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् ।

यसैगरि, फागुनमा ४४ करोड ९ लाख २२ हजार पुँजीगत लाभकर उठेको छ । दीर्घकालीन लगानीकर्ताले ११ करोड ६८ लाख १२ हजार २६० रुपैयाँ, अल्पकालीन लगानीकर्ताले २५ करोड १० लाख ७९ हजार ४५२ रुपैयाँ, संस्थागत लगानीकर्ताले ७ करोड ३० लाख ३० हजार ३७१ रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् ।

चैत महिनामा कुल ४८ करोड ३४ लाख ३९ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको छ । दीर्घकालीन लगानीकर्ताबाट ११ करोड १३ लाख ५४ हजार २२८ रुपैयाँ, अल्पकालीन लगानीकर्ताबाट २८ करोड ३७ लाख ३२ हजार १६ रुपैयाँ, संस्थागत लगानीकर्ताबाट ८ करोड ८३ लाख ५३ हजार ३३० रुपैयाँ पुँजीगत लाभकर उठेको हो ।

लगानीकर्ताले वैशाखमा ३६ करोड २७ लाख ४२ हजार रुपैयाँ पुँजीगत लाभकर तिरका छन् । जसमा दीर्घकालीन लगानीकर्ताले ११ करोड ४३ लाख ७१ हजार २३६ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले १८ करोड ४३ लाख ६१ हजार ९६६ रुपैयाँ, संस्थागत लगानीकर्ताले ६ करोड ४० लाख ९ हजार ७२४ रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् ।

जेठमा लगानीकर्ताले ७० करोड ४२ लाख ५२ हजार ४५ रुपैयाँ लाभकर तिरेका छन् । जसमा दीर्घकालीन लगानीकर्ताले २३ करोड ३७ लाख ४८ हजार ९०४ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले ३८ करोड ५५ लाख ९८ हजार २३९ रुपैयाँ, संस्थागत लगानीकर्ताले ८ करोड ४९ लाख ४ हजार ९०० रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् ।

असार महिनामा ६५ करोड ४ लाख ६ हजार ८१९ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । असारमा सरकारलाई दीर्घकालीन लगानीकर्ताले १७ करोड ९ लाख ४४ हजार ९२८ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले ३३ करोड १३ लाख २५ हजार ९६७ रुपैयाँ, संस्थागत लगानीकर्ताले १४ करोड ८१ लाख ३५ हजार ८६९ रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् ।

सेयर बजारबाट एक वर्ष वा सोभन्दा कम अवधि सेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले राज्यलाई ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । एक वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरेर बिक्री भएको सेयरमा आएको नाफामा ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।

सेयर बजारको कारोबार रकममा आइरहने उतारचढावका कारण पुँजीगत लाभकरमा असर पर्ने गर्छ । बजार घट्दा पुँजीगत लाभकर कम उठने र बढ्दा बढी उठ्ने गर्छ ।

सीडीएससीका अनुसार व्यक्तिगत तथा संस्थागत लगानीकर्ता, कर्पोरेट र स्टक डिलरबाट उक्त परिमाणमा लाभकर उठेको हो । एक वर्षको अवधिमा सेयर बजार परिसूचक ९६ अंकले बढेको छ ।


सोभित थपलिया