सिटिजन्स बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिकमा छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुले बालुवाटारको टेस्ला डायग्नोस्टिक क्लिनिकमा विशेष छुट पाउने भएका छन् । दुई पक्षीय समझदारीपछि सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले टेस्ला डायग्नोस्टिक क्लिनिकमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

यस सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकले अपेक्षा राखेको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना १९३ वटा शाखा, १५६ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १७ लाख ५९ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु