लाइफ इन्स्योरेन्स कर्पोरेशनका सञ्चालक र व्यवस्थापको तलब भत्ता सवा ४ करोड, लगानीकर्ताको हात खाली



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनले आर्थिक वर्ष २०७९-०८० मा कम्पनीका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र अन्य पदाधिकारीलाई ४ करोड २८ लाख १८ हजार ८०७ रुपैयाँ तलब भत्ताका लागि भुक्तानी गरेको छ ।

कम्पनीले पूर्व अध्यक्ष एमआर कुमारलाई ७२ हजार भुक्तानी गरेको छ भने अहिलेका अध्यक्ष सिद्धार्थ महान्तिलाई ५४ हजार भुक्तानी गरेको छ । महान्ति भारतीय जीवन बिमा निगमका प्रतिनिधि हुन् ।

यस्तै तबलेश पाण्डेयले ६५ हजार भत्ता लिएका छन् । उनी भारतीय जीवन बिमा निगमका प्रतिनिधि हुन् । यस्तै अशोक कुमार अग्रवालले २ लाख २० हजार भत्ता लिएका छन् । उनी विशाल ग्रुपका प्रतिनिधि हुन् ।

यस्तै स्वतन्त्र सन्चालक प्रविन कुमार मोलरी १ लाख ६८ हजार २०० रुपैयाँ, सर्वसाधारण सेयरधनीबाट सञ्चालक रहेकी कोमल अग्रवालले १ लाख ९५ हजार भत्ता लिएकी छिन् ।

भारतीय जीवन बिमा निगमका प्रतिनिधिहरुले पाएको बैठक भत्ता निगमको नाममा नै भुक्तानी भएको कम्पनीले जनाएको छ ।
कम्पनीले सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारलाई गत आवमा १५ हजार भत्ता र १२ लाख ७९ हजार २०० रुपैयाँ तलब भत्ता रहेको छ । उनी भन्दा अघिका सीईओ लक्ष्मी प्रसाद दासले ९० हजार भत्ता र १ करोड २९ लाख ६४ हजार ७३६ रुपैयाँ तलब पाएका छन् ।

डेपुटी सीईओ टी बरुणवालले तलब बापत १ करोड २ लाख ७० हजार ४५६ रुपैयाँ र बोनस बोपन २६ लाख २ हजार ८३७ रुपैयाँ रहेको छ । कम्पनीका सीटीओ संजिव कुमार अग्रवालले तलब बापत ९५ लाख १४ हजार ४८७ रुपैयाँ र बोनस बापत २४ लाख ९० हजार ७६५ रुपैयाँ पाएका छन् । यसबाट राज्यलाई ३६ प्रतिशतसम्म कर तिर्छन् ।

यो पटक कम्पनीले सेयरधनीलाई लाभांश दिएको छैन ।


क्लिकमान्डु