हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ शाह पदमुक्त, निमित्तको जिम्मेवारी अन्जु श्रेष्ठलाई



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाह पदमुक्त भएका छन् ।

बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आज (१३ गते)देखि लागू हुने गरी शाहलाई पदमुक्त गरिएको छ ।

सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृतमा अन्जु श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्म निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।

शाह कम्पनीमा २०७८ फागुन १ गते ४ वर्षका लागि नियुक्त भएका थिए । शाह हाल अमेरिका भ्रमणमा रहेका छन् ।


क्लिकमान्डु