कालिमाटी तरकारी बजारमा आज: ५५ रुपैयाँ प्रतिकिलो पर्ने यस्तो छ ११ प्रकारका तरकारी



काठमाडौं । कालिमाटी तरकारी बजारमा बिहिबार जनही ५५ रुपैयाँ प्रतिकिलोमा ११ प्रकारको तरकारी बिक्री भएको छ ।

काक्रो, रातो बन्दा, बोक्राउली, चुकन्दर, स्कुस, भिण्डी, परवर, लौका, तिते करेला, तने बोडी, मुला प्रतिकिलो ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै प्याज १०२, ठूलो स्वदेशी गोलभेडा ७५, सानो गोलभेडा १७.६७, टनेल सानो गोलभेडा २९.५०, रातो आलु ५७.६७, मुढे आलु ५१, गाजर ६५, बन्दा ३२, स्थानीय काउली ९५ र ज्यापु काउली १०५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

त्यस्तै लाम्चो भान्टा ४५, घिउसिमी ८५, राजमा घिउ सिमी ११०, घिरौंला ४५, पाकेको फर्सी ३७.६७, हरियो फर्सी डल्लो ३२.६७, रायो साग ४५, तोरीको साग ४५, कन्ये च्याउ १९३, डल्ले च्याउ ३०९ र कटहर ४५ रुपैयाँ प्रतिकिलोमा बिहिबार कालिमाटी बजारमा बिक्री भएको छ ।

कालिमाटी बजारमा बिहिबारको तरकारीको थोक मूल्य


क्लिकमान्डु