भूकम्पले क्षतिग्रस्त बझाङको स्कुललाई सिटिजन्स बैंकको सहयोग



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको बझाङ गोलाईमा अवस्थित बाल विकास माध्यमिक विद्यालयलाई पुनर्निर्माणका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

गत असोजमा गएको विनासकारी भूकम्पले गर्दा विद्यालय भवनका कोठाहरु क्षतिग्रस्त भएकाले पठानपाठनमा समेत असर परेपछि बैंकले विद्यालय भवन निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराएको हो ।

बैंकको यस कार्यबाट विद्यार्थीहरुको पठनपाठनमा केही सहज हुने र उनीहरुले पाउने बैंकले अपेक्षा गरेको छ । कक्षा १ देखि १२ सम्म अध्यापन हुने यस विद्यालयमा हाल करिब ३०० विद्यार्थीहरु अध्ययनरत छन् ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।


क्लिकमान्डु